RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/६/२४ गते
८६१ पटक

काठमाडौं । जागरण मिडिया सेन्टरले दलित र सीमान्तकृत समुदायको पक्षमा कलम चलाईरहेका लेखकहरुलाई लक्षित “लेखन फेलोसिप–२०२२” का लागि प्रस्ताव आव्हान गरेको छ । फेलोसिप–२०२२ मा ललितपुर, काठमाडौ, भक्तपुर जिल्ला र लुम्बिनी प्रदेशका लेखकहरुले मात्र आवेदन दिन पाउनुहुनेछ । खोजमूलक लेखन गर्न चाहने लेखकहरुले विस २०७९ असोज ३० गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।यस सम्वन्धी विस्तृत विवरण तल अध्ययन गर्नुहोला ।

 

 

जागरण मिडिया सेन्टर सन् २००० मा स्थापना भएको एक गैर–सरकारी संस्था हो । यस संस्थाले जातीय तथा लैगिंक विभेद विरुद्ध, समानता, सामाजिक न्याय, समावेशीकरण, धर्मनिरपेक्षता तथा समतामूलक समाज निर्माणका लागि सञ्चार वकालत गर्दछ । साथै मानव अधिकार प्रर्वद्धन, शान्ति स्थापना, समतामूलक विकास, सुशासन, पर्यावरणीय न्याय र विपद् जोखिम न्युनिकरणको क्षेत्रमा पनि काम गरिरहेकोे छ । हाल संस्थाले दलित र सीमान्तकृत समुदायको पक्षमा कलम चलाईरहेका लेखकहरु लक्षित “लेखन फेलोसिप–२०२२” का लागि तल उल्लेखित शर्त अनुसारको प्रस्ताव आव्हान गर्दछ ।
क) लेखनका लागि तय गरिएका विषयहरु
१. जातीय विभेद तथा छुवाछुत
२. निर्वाचन प्रणाली
३. आरक्षणको औचित्य र आवश्यकता
४. स्वास्थ्य
५. रोजगारी तथा व्यवसाय
६. महिला माथि हुने हिंसा
७. कृषि
८. समावेशीकरण
९. दलित तथा सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक शसक्तिकरण
ख) फेलोसिपका शर्तहरु
१. ललितपुर, काठमाडौ, भक्तपुर जिल्ला र लुम्बिनी प्रदेशका लेखकहरुले मात्र आवेदन दिन सक्नेछन् ।
२. “लेखन फेलोसिप–२०२२ ” जम्मा ३ जनालाई प्रदान गरिने छ ।
३. माथि उल्लेखित विषयमध्ये कुनै पनि विषयमा खोजमूलक लेखन गर्न चाहने लेखकहरुले तल दिइएकोे फारममा आवश्यक सूचना भरि २०७९ असोज ३० गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । एकजनाले एउटा विषयमा मात्र प्रस्ताव पेश गर्न सक्नेछन् ।
४. प्राप्त प्रस्तावहरुलाई विषयवस्तु प्रतिको स्पष्ट बुझाई, लेखकको योजना, सूचनाका स्रोतहरुको स्पष्टता, सम्भावित प्रभावका आधारमा विज्ञहरुको छनोट समितिले फेलोसिपका लागि सिफारिस गर्नेछ ।
५. फेलोसिपका लागि छनौट भएका प्रस्तावकहरुलाई लेखनका लागि सहजिकरण गर्न जागरण मिडिया सेन्टरले विज्ञ नियुक्त गर्नेछ । फेलोसिप पाउने लेखकले विज्ञको रोहबरमा रही १५०० शब्दमा नघट्ने गरी बढीमा एक महिना भित्र पेश गर्नुपर्नेछ ।
६. तयार भएको लेख मुलधारका सञ्चारमाध्यम (दैनिक पत्रिका) मा प्रकाशित गर्नुपर्नेछ ।
७. छनौट भएका प्रतियोगी लेखकहरुलाई “लेखन फेलोसिप–२०२२” बापत रु. ३५,००० (अक्षररुपी पैतीस हजार मात्र) लेख प्रकाशनमा आइसकेपछि प्रदान गरिनेछ । प्रदान गरिने रकममा नेपाल सरकारको प्रचलित नियमवमोजिम कर लाग्नेछ ।
८. फेलोसिपका लागि महिला, दलित, आदिवासी÷जनजाति तथा अपाङ्गता भएका लेखकहरुलाई प्राथमिकता दिईनेछ ।
९. लेखको गुणस्तर छनौट भएका विज्ञ तथा सहजकर्ताले मूल्याङ्कन गरि सदर गर्नेछन् ।
१०. प्रस्तावना र व्यक्तीगत विवरण (CV) [email protected] मा इमेल गर्नुपर्नेछ । आश्विन ३०, २०७९ पछि आउने प्रस्तावहरुलाई छनोट प्रक्रियामा समावेश गरिने छैन । थप जानकारीका लागि आइतबार देखि सोमबारसम्म ०१–५१७२६४६ मा सम्पर्क गर्न सकिनेछ ।
११. प्रस्तावना सन्र्दभ सामग्री बाहेक २००० दुई हजार शब्दमा नबढाई तयार गर्नुपर्नेछ ।

ग ) प्रस्तावना फारम
१.व्यक्तिगत विवरण (अनिवार्य रुपमा सबै विवरण उल्लेख गर्नुहोस)
नामः ठेगानाः
मोवाइल नं. वैकल्पिक सम्पर्क नं.
इमेलः

२. अनुसन्धानात्मक लेख÷रचना विवरण
फेलोसिप अन्तर्गत लेखन गर्न चाहेको विषय के हो ? किन ?
तपाईंको लेखमा समावेश गरिने सवालहरु के के हुनेछन् ?
तपाइले लेखन गर्न चाहनु भएको विषयको प्रभाव कस्तो रहन सक्छ ?
लेखनका लागि आवश्यक सूचनाका सम्भावित स्रोतहरु के के हुन् ? कसरी ती सूचना संकलन गर्नुहुन्छ ?
उक्त लेख कुन सञ्चारमाध्यमबाट प्रकाशन गर्ने योजना बनाउनुभएको छ र किन ?
तपाइले फेलोसिप अन्तर्गत लेखन गर्न चाहेको विषयमा अहिले सम्म कस्ता मुद्दाहरु उठाउनु भएको छ ? तपाईले प्रकाशन गरि सक्नु भएका लेखहरु नमुनाको लागि कम्तिमा २ वटा पठाउनुहोला ।
एक महिना भित्र लेख तयार गर्नका लागि कार्ययोजना कस्तो हुनेछ ? कृपया तयार गरि प्रस्तावना सहित पेश गर्नुहोला ।

माथि उल्लेखित प्रस्ताव फारमको आधारमा रही जागरण मिडिया सेन्टरले फेलोसिपका लागि तोकेको नियम र परिधिभित्र रही निर्धारित अवधिमा लेख÷रचना तयार पार्न प्रतिबद्ध छु ।
नामः
हस्ताक्षरः
फोन नम्बरः
मितिः

 

प्रतिकृया दिनुहोस्