RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/६/२ गते
८२२ पटक

कपिलवस्तु । कपिलवस्तुका अधिकाँश विद्यालयमा वर्षायामसँगै पठनपाठ्न प्रभावित हुँदै आएको छ । अधिकाँश विद्यालय भवनका छाना कर्कट पाताले छाएका छन् । पुराना र जीर्ण कर्कट पाताका छानाबाट पानी चुहिन थालेपछि विद्यार्थीहरुको पढाई प्रभावित भएको हो ।

कपिलबस्तु जिल्लामा वर्षायामसँग बालबालिकाहरुको पढाई प्रभावित हुनेहरुको संख्या बढ्दो । सरकारले आधुनिक भवनमा शिक्षण गर्ने नीति लिएपनि पहुँच विहीन बाहुल्यता रहेका क्षेत्रका विद्यालय भवन भने अझै जीर्ण छन् ।

यसैको उदाहरण कपिलबस्तु नगरपालिका–१०, पचेहरामा रहेको श्री आधारभुत प्राथमिक विद्यालय कटुवामा वर्षायतसँगै पठनपाठन कार्य प्रभावित हुँदै आएको छ । कक्षा ३, ४, ५ कक्षाका छानाबाट पानी चुहिएपछि वालवालिकालाई पानी छलाएर पढाउदै आएका छन् । शिक्षकहरुले पानी परेपछि विद्यार्थीहरु बिद्यार्थीहरुलाई बसाई व्यवस्थापनमा चुनौती भएको हो ।

बिद्यालयको दिवाल पक्की भएतापनि टिनको छानाबाट पानी चुएको छ । यो साता अधिक बर्षायामका समयमा पानी चुहिएर दुई तीन दिन पढाउन समस्या भएको प्रअ गोरखनाथ तिवारीले बताउनु भएको छ ।

विद्यालयमा पानी परेपछि बालबालिकाहरुलाई नियमित पढाउन समस्या छ । तर, सरकारी स्तरबाट अनुगमन हुन नसक्दा बजेटको अभाव पानीमाथि बसेर अध्ययन गर्न बाध्य हुन परेको प्रअ तिवारीको भनाई छ ।

नगरशिक्षा शाखा र जनप्रतिनिधिबाट अनुगमन गरी समस्याको समधान गर्न विद्यालयका प्रअ तिवारीको माग छ । कपिलवस्तु नगरपालिकाको कार्यालयमा तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम माग गरेपनि बजेट व्यवस्थापन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्