RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/१७ गते
४६६ पटक

काठमाडौँ । पहिलो हुने निर्वाचन प्रणालीमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

दलित महिला केन्द्र नेपाल र माण्डवीद्धारा शुक्रबार आयोजित आगामी निर्वाचनमा महिलाको प्रत्यक्ष उम्मेदवारी सम्बन्धमा राजनीतिक दलसँगको अन्तक्र्रियामा प्रत्यक्ष निर्वाचनत प्रणालीतर्फ पनि ३३ प्रतिशत सिट सुनिश्चित गरी महिलाहरुकै लागि मात्र निर्वाचन क्षेत्र तोकिनुपर्ने  उनीहरुले माग  राखेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सचेतक मीन विश्वकर्माले प्रत्यक्षतर्फ पनि महिलाको उम्मेदवारीका सवालमा पार्टीभित्र पहल भइरहेको जानकारी दिनुभयो । प्रत्यक्षमा पुरुषमात्र जादा समानुपातिकमा महिलामात्र जाने अवस्थाको सृजना भएकाले प्रत्यक्षबाट पनि महिला ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य अमृता थापाले प्रत्यक्षमै समानुपातिक उम्मेदवारीको व्यवस्थामा जोड दिनुभयो । नेकपा माओवादीले यस पटक पनि महिला, दलित, जनजजाति, मधेशी र अल्पसंख्यकलाई प्राथमिकतामा राखेर उम्मेदवारी चयन गर्ने उहाँको भनाई छ ।

प्रत्यक्षतर्फबाट महिला महिलाको प्रतिस्पर्धा गराएर ल्याउने सीत आरक्षणको व्यवस्थामा सहभागीहरुले जोड दिएका छन् । जनता समाजवादी पार्टीका सचेक प्रमोद शाहले पहिलो हुने निर्वाचनमा महिलालाई ३३ प्रतिशतको बाध्यकारी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राजनैतिक परिर्वतनमा पुरुषको भन्दा महिलाको भूमिका प्रभावकारी रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव नगेन्द्र चौधरीले पहिलो हुने निर्वाचन प्रणालीमा महिलाहरुले जनसंख्याको आधारमा ५० प्रतिशत सहभागिता हुनुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय महासचिव डा. सुरेन्द्र झाले पार्टीका महिला नेतृत्वहरुलाई चुनाव जिताउन चुनौती रहेको बताउनुभयो ।
कार्यक्रम दलित महिला केन्द्रकी अध्यक्ष दुलारी हरिजन, आरती चटौत सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा महिला तथा दलित महिलाहरुको सहभागीता सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्