RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/१ गते
४०१ पटक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) ले राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सम्बन्धी संवैधानिक आयोगहरुको सिफारिस कार्यान्वयन तथा समन्वय र सहकार्य सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जुरी नेपालको तर्फबाट मोहनलाल आचार्य र राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट मुरारीप्रसाद खरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

संवैधानिक आयोगका पदाधिकारीहरुले आयोगहरुले आगामी वर्षमा व्यवस्थित रुपमा योजना बनाउनुपर्ने र सबै आयोगहरुविच समन्वय, सहकार्यका लागि संयन्त्र निर्माण गरिएको मानवअधिकार आयोगका मुरारीप्रसाद खरेलले बताउनुभयो ।

आयोगको सिफारिस कार्यान्वयनको अवस्था चिन्ताजनक रहेकोले आगामी दिनहरुमा उक्त संयन्त्रलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिनु भएको थियो ।

आठ वटा संवैधानिक आयोगका सचिवहरुले धारणा राख्ने क्रममा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभएको जुरी नेपालका कार्यकारी निर्देशक मोहनलाल आचार्यले बताउनुभयो ।

जुरी नेपालले यसअघि पनि राष्ट्रिय मानव अधिकार आयोग र अन्य संवैधानिक आयोगहरुको विच सिफारिस कार्यान्वयको पाटोमा प्रभावकारी कार्यान्वयनको लागि विभिन्न आयोगहरुसँग मिलेर प्रदेशस्तर र राष्ट्रिस्तरमा समेत विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा संवैधानिक आयोगहरुका पदाधिकारीहरु, कर्मचारी, जुरी नेपालका महासचिव गोपी पराजुली, कार्यकारी निर्देशक मोहनलाल आचार्य र कर्मचरीहरु गरी कुल १०५ जनाको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्