RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/२४ गते
४८१ पटक

काठमाडौं । प्रतिनिधिसभा सदस्य पार्वती विंशुखेले आगामी निर्वाचनमा महिलाको सहभागिता बढाउन खाँचो रहेकोे बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा महिला उम्मेदवार मनोनयन दर्ता प्रक्रिया जनसंख्याको आधारमा तय हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली महिलाहरुको नालापालीको युद्धमा ठूलो योगदान थियो । नेपालको राणाशासन विरुद्धको आन्दोलनमा पनि उतिकै भूमिका थियो नेपाली महिलाको । पञ्चायत विरुद्धको आन्दोलन र माओवादी जनयुद्ध, २०६२।६३ को जनआन्दोलनमा नेपाली महिलाले खेलेको भूमिकामा कुनै प्रश्नै छैन । तर, महिला साँसदको सदनमा न्यून सहभागिता रहेकोले आगामी निर्वाचनमा बढाउन खाँचो रहेको उहाँले बताउनुभयो ।

हुन त १०० वर्ष पहिला अघि योगमायाको नेतृत्वमा भोजपुरबाट शुरुवात भएको सामाजिक आन्दोलनको योगदान महत्वपूर्ण योगदान रहेको थियो । गणतन्त्र नेपाल स्थापना नेपाली महिलाको वलिदानीले राजतन्त्र अन्त्य गर्न अग्रणीय भूमिका खेलेका महिलाहरुको योगदान सँसद र सत्तामा देखिएको छैन । जनसख्याको आधार समानुपातिक समावेशीको सिद्धान्त अनुरुपमा निर्वाचनमा मनोनयन दर्ता हुनुपर्ने साँसदको दावी छ । जनसंख्याको आधारमा उम्मेदवारी दर्ता हुन नसकेको अवस्था महिला सहभागिता संसद्मा कमी आउने साँसद विसुखेको भनाई थियो ।

परिवारलाई कुसल व्यवस्थापन गर्न देखि प्लेन बनाउन र उडाउने क्षमता महिलामा छ । युद्ध मैदानमा दुस्मनको बन्दुक खोसेर, दुस्मनलाई परास्त गर्ने साहसिक महिलाहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अर्थपूर्ण सहभागिता बढाउन खाँचो रहेको साँसदहरुले बताएका छन । प्रतिनिधिसभा सदस्य पार्वती विंशुखे हामीलाई विश्वास गरी महिलाको योगदानलाई सम्मान गरी आगामी निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिताका लागि प्रत्यक्ष निर्वाचन प्रर्णालीमा महिलाको उचित प्रतनिधित्व गराउन सदन र राजनीतिक दलको सकारात्मक भुमिमा आवश्यक रहेको औल्याउनुभयो ।

साँसद अमृता थापाले संवैधानिक व्यवस्थाका साथै प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७१ को जरुरी सार्वजनिक महत्वको प्रस्ताव सदनमा राख्नुभएको थियो । संविधानको भारा ३८(४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने प्रष्ट व्यवस्था गरेको छ । संविधानमा व्यवस्था गरेपनि दलहरुको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा दलको गैरजिम्मेवारीले महिला सहभागिता प्रतिनिधिसभा र प्रदेशसभा न्यून भएको थियो ।

प्रतिकृया दिनुहोस्