RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/२३ गते
४३८ पटक

काठमाडौ, महिला बालबालिका तथा जेष्ठ नागारिक मन्त्री उमा रेग्मीले उद्यमशिलताको विकासमा आयात होइन निर्यात बढाउनुपर्ने बताउनुभएको हो । उहाँले हाम्रो व्यापार आयातमुखी मात्रै हुनु र हाम्रो उत्पादन निर्यातमा प्रशस्त कमजोरी हुँदा समस्या भएको बताउनुभयो ।

स्वच्छ व्यवसाय समूह नेपालले सोमबार काठमाडौं आायोजित रजत वर्ष समारोहको उद्घाटन गर्दै मन्त्री रेग्मीले अन्तराष्ट्रिय बजारमा माग भएपनि बस्तुको गुणस्तर र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउन नसकेकोले निकासी कम भएको बताउनुभयो । खाद्यान्नमा पनि उद्यमशिलता विकास गरी आत्मनिर्भर हुन सक्ने संभावना छ तर शुद्धतामा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेले दिगो उद्यमशिलताको विकासको नमूना स्वच्छ व्यवसायले देखाएको बताउनुभयो । कोभिडका कारण माग बढेको, भ्याक्सिन र मेडिकल सामग्री मात्रै ५० अर्व भन्दा बढी आयात ग¥यौ, पेट्रोलियम पदार्थको अत्याधिक खपतले व्यापार असन्तुलन बढाएको सचिव पाण्डेले बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले औद्योगिकरण विना देश आर्थिक उन्नति नहुने बताउनुभयो । सरल बाटोमा लागेर कमाउन खोज्दा आयात बढेको उहाँले बताउनुभयो ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यतिवेला नेपालको उद्योग क्षेत्र सुखद नभएको बताउनुभयो । आर्थिक विकासमा उद्योग वाणिज्य क्षेत्रका योगदान बढ्न सकेको छैन । अहिले बैकिङ क्षेत्रमा तरलताको अभाव रहेको उहाँले बताउनुभयो ।

स्वच्छ व्यवसाय समूहका अध्यक्ष सुनिल चित्रकारलेसमूहको २५ वर्षको यात्रा उत्साहपूर्ण रहेको र यसले हजारौलाई रोजगारीका अवसर सिर्जना सकेकोमा खुसी लागेको बताउनुभयो ।

रजत समारोहमा विविध गतिविधि
स्वच्छ व्यवसायको रजत समारोहका अवसरमा प्रकाशित स्मारिकाको पनि विमोचन मन्त्री रेग्मीद्धारा गरिएको थियो । सोही समारोहमा स्वच्छ व्यवसायका १० वटा सिद्धान्तमा आधारित फोटो प्रदर्शनी गरिएको थियो । सो अवसरमा मन्त्री रेग्मीले स्वच्छ व्यवसाय समूहका संस्थापक अध्यक्ष मीरा भट्टराई लगायत पूर्व अध्यक्ष पद्मासना शाक्य, किरण बहादुर खड्गी, चन्द्र प्रसाद कक्षपति, चित्र बहादुर केसी, संरक्षक लीलामणी पोखरेललाई कदर प्रदान गर्नुभयो ।

नेपालमा भईरहेको उत्कृष्ट व्यवसायिक अभ्यासवारे अनुभव आदानप्रदान, नेपालमा पनि उद्यमशिल इकोसिष्टम प्रर्वद्धनका लागि प्रारम्भिक छलफल र यसवारे व्यापक ज्ञान बढाई नीतिगत अनुसन्धान र नीति प्रस्तावना तयार पार्ने उद्धेश्यका लागि नेपालमा उद्यमशील इकोसिस्टमको निर्माण विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
छलफलमा सरकारी प्रतिनिधि, निजी क्षेत्र, महिला उद्यमी, गैरसरकारी संस्था, शैक्षिक क्षेत्रका गरी करिब १०० जनाको सहभागिता रहेको थियो ।

प्राविधिक र औपचारिक गरी दुई चरणमा सम्पन्न भएको यो कार्यक्रममा इन्टरप्रिनियर इकोसिष्टम अवलम्बनमा सरकारी क्षेत्रको भूमिका, यसको शुरुवाटका लागि प्रक्रियागत चरण र यसले पार्ने सामाजिक प्रभावकारिताका विषयमा औपचारिक छलफललाई नै स्वच्छ व्यवसाय समूहले आफनो २५ वर्षको प्रमुख एजेण्डाको रुपमा उठाएको छ ।

प्रा. डा. पुष्कर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको बृहत छलफल कार्यक्रमका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद दुवाडीले उद्यमशिल इकोसिष्टममा सरकारी भूमिकावारे धारणा राख्दै आर्थिक उदारिकरण पछि उद्यमशिलता विकासमा सरकारको भूमिका र जिम्मेवारीवारे अलमल परेको बताउनुभयो ।
डा. रोजी जोशीले जलवायु परिवर्तन र दिगो विकासवारे प्रकास पार्नुहुदै जलवायु परिवर्तनले अहिलेको सिजनल क्यालेन्डरलाई नै परिर्वतन गरि दिएको छ जसले गर्दा साना तथा मझौला उदोगहरुको लागत र कच्चा पदार्थको उपलब्धतामा नै प्रभाव पारेको बताउनुभयो ।

हिमालयन प्लाष्टिकका डेविट शर्माले सर्कुलर इकोनोमीवारे जानकारी गराउदै पोखरामा प्लाष्टिक वोटल रिसाइकलिङ संचालन गर्दै आएको जानकारी गराउदै रिसाइकलिङ उदोगमा नीतिगत प्रावधान नहुदा यसले व्यवसायिकता लिन नसकेको बताउनुभयो ।

डा. जितेन्द्र डंगोलले सामाजिक मुद्दामाथि छलफल गर्दै सामाजिक व्यवसाय संचालन गर्ने कम्पनीहरुमा नै अन्यौलता भएको बताउनुभयो । गैरनाफामूलक संस्थाको संचालन प्रक्रिया र दार्ता प्रक्रियामा नै विरोधाभासपूर्ण रहेको छ । यसवारे स्पष्ट नीति हुनुपर्ने धारणा उहाँको बताउनुभयो ।

नविल बैंकका प्रतिनिधि सुदिप शाक्यले नविल बैकले सामाजिक व्यवसायमा काम गर्दै आएको बताउनुभयो । यसले स्थानीय श्रोतको सदुपयोग र यसको उचित मूल्य निर्धारण र नयाँ अनुसन्धान गरी राष्ट्रिय आयमा समेत योगदान पु¥याउछ । नेपालमा स्वच्छ व्यवसाय समूहमा ३२ वटा स्वच्छ व्यवसायहरु आवद्ध छन् । ती व्यवसायहरुले ३२ वटा जिल्लामा कार्य क्षेत्र बनाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्