RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/२० गते
३६४ पटक

काठमाडौं । जागरण मिडिया सेन्टरको आयोजनामा शुक्रबार काठमाडौंमा “नेपाली सञ्चारमाध्यममा दलित सवाल” लेखकसँग सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चारमाध्यममा दलित सवालका विषयबस्तुले कम प्राथमिकता पाइरहेको छ । दलित सवालमा लेखन र सञ्चारमाध्यममा विषयबस्तुले उठान गरी आन्दोलनलाई सहयोग पुरयान आवश्यक रहेको सहभागीले बताएका छन् ।

विस २०७९ जेठ महिनामा पाँच वटा राष्ट्रिय दैनिक पत्रिकामा विचार पृष्ठमा छापिएका कुल ३९५ वटा लेखमध्ये ३०७ वटा लेख (७७. ७२ प्रतिशत) का लेखक ब्राह्मण क्षेत्री समुदायका थिए भने ११ जना (२. ७८ प्रतिशत) मात्रै दलित समुदायका थिए । जात व्यवस्था र दलितका सवालमा लेखनसामु अजंगको चुनौतीको पहाड रहेको बताएका छन् ।

दलित नेता तथा लेखक पर्शुराम रम्तेलले दलित सवालमा समसामयिक लेखहरु प्रकाशन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले लेखनका माध्यमबाट हस्तक्षेप र दबाव सहित प्रगतिशिल लेखहरु आउन आवश्यक रहेको बताउनुभयो ।

दलित नेता तथा लेखक गणेश विश्वकर्माले दलित सवालका लेखहरु लेखनलाई वौद्धिक स्तरबाट प्रोत्साहनको अभाव रहेको बताउनुभयो । उहाँले गरिबी, अभावसँग जुधेका नागरिक सवालमा लेखहरुलाई स्थान पाउनुपर्ने बताउनुभयो ।

प्राध्यापक तथा लेखक तारालाल श्रेष्ठले जनजाति, दलित सवालमा विषयबस्तु उठान गर्दा र सक्षम व्यक्ति अन्तर्राष्टिय हुनु पर्ने सुझाव आइरहेको थियो । दलित तथा जनजातिका सवालमा विषयबस्तु उठाउन थप प्रोत्साहन आवश्यक रहेको उहाँले बताउनुभयो ।

दलित र गैरदलितलाई जात व्यवस्था र दलितका सवालमा लेख्नका लागि कसरी आकर्षित गर्ने, नयाँ पुस्तालाई यस क्षेत्रमा कसरी प्रेरित गर्न खाँचो छ । लेखक राजेन्द्र महर्जनले पुरानो पुस्ताका लेखक र अभियन्तालाई कसरी लेखनसीपमा माझ्ने, विषयवस्तुमा गहिरो ज्ञान हासिल गराउने र लेखन क्षेत्रमै टिकाउने आवश्यक रहेको बताउनुभयो ।

मिडियामा कम संख्यामा उपस्थित समुदायका पत्रकार, लेखक र अध्येताहरूलाई प्रोत्साहित गर्न राज्यले र बजारमा आधारित मिडियाले के गर्न सक्छन् ? जटिल बनेको लेखक महर्जनले बताउनुभयो ।

लेखक धनाकुमारी सुनारले सञ्चारमाध्यममा दलित समुदायको भौतिक उपस्थितिको नै खाँचो रहेको बताउनुभयो । मानवअधिकारकर्मी तथा लेखक शुशिल विश्वकर्माले विषयवस्तुलाई पनि फराकिलो हिसाबले जातिय विभेद र छुवाछुत मात्रै नभई यहीँ समुदायभित्र अन्य थुप्रै एजेण्ड छन् भन्ने हिसाबले अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सन्दर्भ सामग्री (अध्ययन गर्ने, अनुवाद गर्ने) को पनि अभाव भएको उहाँले बताउनुभयो ।

लेखक तथा अनुसन्धानकर्ता जेवी विश्वकर्माले साँच्चिकै हामीले मिहेनत गरेर दलितको विषयमा गुण्स्तरीय लेखहरु लेख्ने हो भने सम्भावना बढेको बताउनुभयो । कतिपय अवस्थामा गैरदलितले लेखेको लेख पनि दलितले लेखेको भन्दा राम्रो भएको समेत बताउनुभयो । राम्रो लेख्ने व्यक्तिलाई हामीले प्रेरणा र हौसला दिन पनि जरुरी भएको उहाँले बताउनुभयो ।

जागरण मिडिया सेन्टरका कमला विश्वकर्माले नेपाली सञ्चारमाध्यममा दलित सवालका विषयबस्तुले महत्वका साथले उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार तथा लेखकहरु गोकर्ण भट्ट, घम्वर नेपाली, दिनेश पन्थी, शिवहरि ज्ञवाली, अर्जुन विश्वकर्मा, सन्तोष परियार लगायतले हिजोको दिनमा मिडिया सिमित वर्गका मानिसको लेख छापिन्थ्यो तर आज अनलाईनबाट प्रकाशित गर्न सकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्