RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/३ गते
३८९ पटक

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षक प्रतिवेदन विमोचन तथा निर्वाचन समीक्षा कार्यशाला सम्पन्न भएको छ । युएसआडी, सकल्प, एफएचआई ३६० ,महिला गैरसरकारी संस्था महासंघको आयोजनामा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा मतदाता शिक्षाको अभावमा बुथहरु अव्यवस्थित रहेको बताइएको थियो । प्रतिवेदनले आगामी निर्वाचन अपांगता, जेष्ठ नागरिक, गर्भवती तथा बालमैत्री बनाउन सुझाव दिइएको छ ।कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जनसंख्या बढी भएका महिलाहरु मतदाता नामावलीमा कमी हुँदा समस्या भएको बताउनुभएको छ । महिलाहरुको उम्मेदारी ३६ प्रतिशत दर्ता भएकोमा मतदाताले न्याय गरी झण्डै ४० प्रतिशत महिलाहरुले निर्वाचित हुनुभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा महिलाको उपस्थिति कमी हुने भयो भनेर सरोकारवाला पक्षहरुसँग बसेर छलफल गरेको समेत बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता सगुन शम्शेर जबराले निर्वाचनको अवधिमा सुरक्षा फौज र पर्यवेक्षकको भूमिका प्रस्ट नहुँदा समस्या देखिएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा सुरक्षाकर्मी, कर्मचारी तथा पर्यवेक्षकको भूमिका प्रष्ट हुन आवश्यक रहेको औल्याउनुभयो ।

 

जीइओसीका महासचिव कृष्णमान महर्जनले निर्वाचनको अवधिमा राजनैतिक दललाई थप जिम्मेवारी बनाउने काम सक्रियता बढाउनुपर्ने बताउनुभयो । इओसीका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचन आयोगले आफ्नो संस्थालाई निर्वाचन पर्यवेक्षकका क्रममा बेवास्था गरेको बताउनुभयो ।

कार्यक्रममा संकल्पका अध्यक्ष संगीता लामा र उपाध्यक्ष शोभा बस्नेतले संविधानसभा निर्वाचन देखि स्थानीय तह निर्वाचन २०७९मा पर्यवेक्षक गरेको बताउनुभयो ।

पहिलो चरणको कार्यक्रमको संकल्पकी अध्यक्ष  कला स्वर्णकार र दोस्रो चरणको कार्यक्रम महिला गैरसरकारी महासँघकी अध्यक्ष शशी अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम एनइओसीका अध्यक्ष प्रा. कपिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस्