RaraNews

प्रकाशित : २०७८/९/२ गते
९५१ पटक

बुटवल, पुस १ । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण आजदेखि १४ वर्ष पूरा गरि १५ वर्षमा प्रवेश गरेको छ ।

आवाज विहिनहरुको आवाज भन्ने मूल नाराका साथ स्थापना रेडियो २०६४ पुस २ गतेदेखि औपचारीक रुपमा प्रशारणमा आएको हो । विहान ५ देखि राती १० बजेसम्म प्रशारण हुँदै आएको यस रेडियोले सबै प्रकारका भेदभाव विरुद्ध सञ्चार पैरवी समेत गर्दै आएको छ ।

०६२÷६३ सालको जनआन्दोलनको उभारमा स्थापना भएको रेडियोले सामाजिक न्याय, समावेशिता र सिमान्तकृत समुदायको सवाललाई केन्द्रमा राखेर समाचार र कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।

रेडियोको प्रशारणको १५ वर्ष प्रवेशमा रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले रेडियो जागरण समुदायको सम्पत्ती भएको भन्दै सबैलाई शूभकामना दिनुभएको छ । उहाँले श्रोता, शुभचिन्तक, रेडियोका अभियान्ता एंव सबैप्रति जागरणलाई साथ र सहयोग गर्नेलाई आभार तथा धन्यावद दिनुभएको छ ।

दक्षिण एसियामै दलित समुदायको नेतृत्वमा पहिलो रेडियोका रुपमा आफूहरु स्थापित भएको भन्दै राजनीतिक र सामाजिक परिवर्तन उल्लेख्य भूमिका खेलेको पहाडीद्धारा जारी वक्तव्यमा भनिएको छ ।

२०६४ कार्तिकबाट परीक्षण थालेको रेडियो जागरणको पुस २ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सात राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएर उद्घाटन भएको थियो ।

प्रतिकृया दिनुहोस्