RaraNews

प्रकाशित : २०७८/८/२३ गते
४०२ पटक

सीता बि.के.- काठमाडौ
समाजमा रहेका सबैखाले विभेद विरुद्ध चेतनाको क्रान्ती गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले जनाएका छन । उनीहरुले नीति ,नियम ,कानुन भए पनि चेतनास्तरमा परिवर्तन नहुदा समाजमा महिला ,दलित तथा अन्य सीमान्तृक समुदायहरुमा थुप्रै खालो बिभेद कायम रहेको बताएका हुन् ।
३० औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ७३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जागरण मिडिया सेन्टरले बिहिवार काठमाडौमा गरेको महिला हिंसाको नीतिगत अवस्था र सांसदको भुमिका बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो बताएका हुन ।
उनीहरुले समाजमा रहेका सबैखाले विभेद तथा हिंसालाई बढ्वा दिन धार्मिक,सास्कृतिक ,सामाजिक तथा राजनीतिक पक्ष जोडिएकाले महिला तथा अन्य समुदाय माथि घटेका घटनाले न्याय पाउन नसकेको गुनासो पोखेका थिए ।


छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सुचना आयोगका पुर्व आयुक्त यशोदा तिम्सिनाले लैङ्गिक हिंसाका घटना बढि रहेको, लैङ्गिक हिंसाका घटनाका उजुरी न्युनरुप पर्ने गरेको र त्यस्ता घटनामा न्याय पाउनै मुस्किल परेको र कानुनी चेतनामा कमी रहेको बताउनु भयो । उहाँले कतिपय कानुन अपुरा रहेको,ऐन ,नियमावलीहरु नबनेको र बनेका कानुन समेत व्यवहारमा लागु हुन नसकेको तथ्य कार्यपत्रमा प्रस्तुत गर्नु भएको थियो ।


छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्य खिम कुमार बि.क.ले महिला,दलित तथा सीमान्तकृत समुदाया सवालमा थुप्रै कानुन,नीति,नियम बने पनि व्यवहारमा लागु हुन नसकेको बताउनु भयो । उहाँले आफु नीति निमार्ण गर्ने तहमा भएको भन्दै कतिपय कानुनहरु संशोधन गर्नु पर्ने,कतिपय ऐन बनाए लागु गर्नु पर्ने भएकाले त्यो भुमिकामा आफु अझै संवेदनशिल भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।


कार्यक्रममा बोल्दै बागमती प्रदेश सदस्य मैना अछामीले पहिलाको तुलनामा महिलाहरुलाई हेर्ने दृष्टीकोणमा केहि फरक भए सोचे अनुरुप हुन नसकेको भन्दै महिला हिंसा विरुद्धका सचेतना कार्यक्रम समुदाय स्तर सम्म लैजानु पर्ने बताउनु भयो ।


त्यस्तै संबिधान सभा सदस्य मिना पुनले नीति निमार्ण गर्ने भुमिकामा सांसदहरु भए पनि सांसदहरुले आफ्नो जिम्मेवारी बिर्सिएर कता कता रुमलिएको धारणा राख्नु भयो । उहाँले सांसदहरुलाई बनेका कानुन नीति,नियम तथा दस्ताबेज अध्ययन गरेर कानुन संशोधन,ऐन तथा नियमावली बनाएर नीतिगत व्यस्थामा बलियो बनाउन जुट्न आग्रह गर्नु भयो ।


राप्रपाका केन्द्रीय सदस्य मिना स्वर्णकारले दलित महिला तथा अन्य सीमान्तृत समुदायका महिला ,बालबालिकको बलात्कार,हत्या, हिंसाका सवालमा संसदमा किन आवाज उठ्दैन भनेर प्रश्न गर्नु भयो ? उहाँले दल,वर्ग,जात र धर्मका आधारमा विभेद गरेकै कारण अन्यायका विरुद्ध नबोल्ने परिपाटीको विकास भएकोमा आक्रोस पोख्नु भयो । स्वर्णकारले नीति नियम निर्माण गर्ने तहमा पुगेका सांसदहरुलाई आफ्नो समुदाय र जिम्मेवारीप्रति प्रभावारी भुमिका खेल्न अनुरोध गर्नु भयो ।


छलफलमा बोल्ने सहभागिले लैङ्गिक हिंसा तथा जातीय विभेदको मारमा सबै भन्दा बढि दलित महिला नै पर्ने गरेको बताएका थिए । त्यस्तै उनीहरुले लैङ्गिक हिंसा पनि जात,धर्म,वर्ग,क्षेत्र,समुदाय अनुरुप फरक फरक भएकाले सबैलाई एउटै तरिकाले हेर्न नहुने जनाएका थिए । सबै खाले विभेद अन्त्य गर्न सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिईएको थियो ।


जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्कर्माको अध्यक्षता,कोषध्यक्ष शुशिल दर्नालको स्वागतमा भएको छलफल कार्यक्रममा अधिकारकर्मी राजन विश्वकर्मा, अधिकारकर्मी कल्पना विश्वकर्मा ,ललितपुर महानगरपालीका वडा नं.१४ का जनप्रतिनिधि संगिता अछामि,युथ एड्भोकेसी फोरमका अध्यक्ष नरेन्द्र खतिवडा,जुरी नेपालका अधिवक्ता बालमाया विश्वकर्मा,नेपाल अपाङ्ग महिला संघका राज कुमारी दुरा,नीलहिरा समाजका एन्जील लामा,बिद्यार्थी नेता राजेश नेपाली ,पत्रकारहरु लक्ष्मण दर्नाल,कमला रसाईली,केशव भुल लगायत आ–आफ्ना भनाई राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्