RaraNews

प्रकाशित : २०७८/७/२६ गते
३८८ पटक

कात्तिक २६– चितवनको नारायणगढस्थित दुर्गा मन्दिर नजिकै स्थानीय भीमबहादुर विकको कुटपिट गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटका कारण ५८ वर्षीय विकको मृत्यु भएको भन्दै मृतकका छोरा किसन विकले उनीहरूलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

सोही मुद्धामा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । गत असोज २८ गते दसैंको नवमीको दिन बिहान भरतपुर–४ स्थित दुर्गा मन्दिर नजिकै स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको थियो ।

मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप थियो ।

प्रतिकृया दिनुहोस्