RaraNews

प्रकाशित : २०७८/७/२६ गते
१०४७ पटक

क्रियाशिल पत्रकार महिला रूपन्देहीद्वारा स्थापित संघर्षशिल पत्रकार महिला सम्मान २०७८ बाट जागरणकर्मी सिता बिके सम्मानित हुनुभएको छ ।
उहाँलाई प्रमुख अतिथी तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरदेवी चौधरी, बिशिष्ट अतिथी लुम्बिनी प्रदेश शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल, कार्यक्रमका अध्यक्ष संघर्षशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारी लगाएतले खादा, प्रमाण पत्र र १० हजार नगदले सम्मान गर्नुभएको हो । महिला पत्रकारहरुको हौसला बढाउन क्रियाशिल पत्रकार महिला रूपन्देही शाखाले हरेक वर्ष महिला पत्रकालाई सम्मान कार्यक्रमको गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले जनताको मन जित्ने गरी समाचार बनाउन आग्रह गर्नुभएको थियो । उहाँले हरेक ठाउँमा महिलालाई काम गर्न चुनौति भएको र अझै पत्रारीतामा झनै चुनौति रहेकाले त्यसलाई चिरेर समाज परिवर्तनका लागि अगाडि बढ्न महिला पत्रकारलाई आग्रह गर्नु भयो ।
यस्तै सम्मान पछि मन्तव्य राख्दै सम्मानित विकेले आफुले निरन्तर आवाज बिहिनहरुको सवालमा आवाज उठाउदै आएको बताउनु भयो । उहाँले यो सम्मानले काम गर्न अझ बढी हौसला मिलेको बताउनुभयो । उहाँ जागरण मिडिया सेन्टरमा आवद्ध हुनुहुन्छ ।
कार्यक्रममा शिक्षा, विज्ञान, यूवा तथा खेलकुद मन्त्रालयका सामाजिक विकास महाशाखा प्रबन्धक शारदा बस्यालले महिलाहरुले क्रियाशील भएर कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारका आवाजले समाजमा सकारात्मक प्रभाव पर्ने बताउँदै वास्तविक समाचार सम्पादन गर्नुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले पत्रकारितामा महिलाको क्रियाशीलता रहेको भनाई राख्नु भयो । उहाँले घरको कामकाज हुँदा हुँदै पनि सक्रिय भएर पत्रकारिता पेशामा लाग्नु गौरवको कुरा रहेको तर्क गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारितामा महिलाको सहभागिता उल्लेखनीय बनाउन महासंघ लुम्बिनी प्रदेशले विभिन्न कदमहरु चाल्ने बताउनु भयो । उहाँले लुम्बिनी प्रदेश सरकारले सञ्चार विधेयक ल्याएर सञ्चारकर्मीको कलम नै बन्द बनाउन लागेको बताउँदै उक्त वियेधक फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लुम्बिनी सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता गराएरै छाड्ने बताउनु भयो । उहाँले पत्रकारीतामा नयाँ पुस्तालाई प्रोत्साहन गर्न विभिन्न तालिमहरु सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डे, लायन्स क्लब अफ बुटवल सयपत्रीकी पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन्स कल्पना शिवाकोटी, संस्थापक अध्यक्ष भगवती पाण्डे लगाएतले मन्तव्य राख्नु भएको थियो
क्रियाशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षता, सचिव बिन्दु भट्टराईको सञ्चालन रहेको कार्यक्रमको उपाध्यक्ष किस्मती चौधरीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्