RaraNews

प्रकाशित : २०७८/६/३१ गते
५२७ पटक

नव’रात्रि कै दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कु’टेर ह’त्या गरिएको छ । भरतपुर महानगरपालिका वडा न.४ दुर्गाचोक नजिक जाँदा ५८/वर्षका भीम बहादुर विश्वकर्मालाई दुर्गा मन्दिर अगाडि उपल्लो समुदायका भनिने दुई जना व्यक्ति, दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप र अन्य बस्तुले कु’टपिट गर्दा विश्वकर्माको मृ’त्यु भएको हो ।

विश्वकर्माले गत असोज २८ गते (दशैको महानवमीको दिन) भरतपुर महानगरपालिका ४ स्थित दुर्गा मन्दिरमै गएर दलितहरूले पनि पूजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए । सो दिन त्यहाँ धार्मिक परम्पराअनुसार पुजाको कार्यक्रम भइरहेको थियो । त्यो मन्दिरमा दलितहरुलाई पूजा गर्न पहिलेदेखि नै प्रतिवन्ध थियो ।

यसपालि दलितहरूलाई उक्त मन्दिरमा पूजा गर्न दिनुपर्छ भनेर विश्वकर्मा आवाज उठाएका थिए । सो क्रममा श्रेष्ठ र क्षेत्रीले ‘त कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इट्टा र पाइपले हानेर हत्या गरेको बताइएको छ । उनीहरूले टाउको गिदी नै बाहिर निस्कने गरी बी’भत्स ह’त्या गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

May be an image of 2 people and people sitting

यस घटना वि’रुद्ध मृ’तक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइसकेका छन् । उनले कर्तव्य ज्यान मुद्दा अन्तरगत दिलीप श्रेष्ठ र सिताराम विरुद्ध किटानी जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ । दशैले गर्दा अदालत बन्द भएको हुँदा जरुरी प्रकाउपुर्जीबाट उनीहरूलाई प’क्राउ गरी थुनामा राखी अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको बारेमा अनु’सन्धान भइरहेको र घटनाबारे स्थानीय र प्रत्यक्षदर्शीलाई पनि धेरै कुरा थाहा भएको हुँदा अनुसन्धान सके पछि सबै सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनालाई विभिन्न रङ्ग दिँदै मृ’तकले नै मदिरा सेवन गरी झगडा गरेको भनी सामाजिक सञ्जालमा हल्ला फैलाएपनी मृ’तकका छोरा किसान बिक भन्छन् ” चाडपर्व हो रक्सी अलिअलि सबैले खान्छन् मेरो बुवाले रक्सी खाएर झगडा गरेको होइन पहिले देखि नै जातीय विभेद भइरहेको गाउँ हो र हामी सहँदै आएका हौ ।

May be an image of 7 people and people standing

बुवाले दुर्गा मन्दिरमा पूजा गर्न पाउनु पर्छ हामीले पनि भनी आवाज उठाउदै आउनु भएको थियो त्यही विषयमा नै हत्या गरेका हुन्। दलित र गरिब भए पछि मान्छेको ज्यान लिन पनि कुनै ठुलो कुरा हुदोरहेनछ आफू मृतकको छोरा मात्र नभई यही देशको एउटा युवा पनि भएको हुँदा जातीय विभेदकै कारण बुवाको हत्याको घटनामा सम्पूर्ण युवाहरूले साथ दिनु आवाज उठाइदिन अनुरोध गरेका छन् ।

मृतकको लास पो’स्टमार्टम भैसके पनि ला’स पनि परिवारले बुझेको छैनन् ।उक्त घटनालाई लिएर चितवनका विभिन्न अधिकारकर्मी र राजनीतिक भातृ सगंठनले चासो देखाएका छन् ।

 स्रोत : थाहा अनलाईन

प्रतिकृया दिनुहोस्