RaraNews

प्रकाशित : २०७८/५/१७ गते
६९० पटक

दलित तथा सीमान्तकृत समुदायको मुद्धा ओझेलमा पर्दै गएको भन्दै एक कार्यक्रममा बोल्ने वक्ताहरुले चिन्ता व्यक्त गरेका छन । उनीहरुले आरक्षण सम्बन्धी सर्वोच्च अदालतको हालैको फैसलाले आफुहरुलाई थप दुखि बनाएको बताएका हुन ।

बिहिबार काठमाडौम दलित गैरसरकारी संस्था महासंघले आयोजना गरेको “प्रभावकारी संसदीय प्रतिनिधित्वको सवालका विषयमा संघीय र प्रदेश तहका सांसदहरुबीच भर्चुअल अन्तर संवाद” कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् ।

कार्यक्तममा सहभागि दलित तथा सिमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले समावेशीको मर्मलाई बुझ्न नसक्दा आफुहरु समानुपातीक संसद भएकाले संसदमै पनि बिभेद खेप्नु परेको अनुभव सुनाएका थिए । निकै ठुलो संर्घषबाट समावेशीताको सवाल स्थापित भए पनि अझै पनि दल तथा राज्यसंयन्त्र अर्थपुर्ण समावेशीताको सवालमा चुकेको विचार व्यक्त गरेका थिए ।

उनीहरुले आफुहरुले शुन्य तथा बिशेष समयमा पनि बोल्ने मौका नपाएको, लक्षीत समुदायको कार्यक्रमहरु नीति तथा कार्यक्रममा पारे पनि बजेट आउदा काटिएकोे ,दलित तथा सिमान्तकृत समुदायको मुद्धा,साझा मुद्धाको रुपमा स्थापित हुन नसकेको ,दलित तथा महिला भएकै कारण जातिय बिभेद र लैङ्गिक हिंसा खेप्नु परेको भोगाई व्यक्त गरेका थिए ।

नागरिक अभियान्ता तथा कार्यक्रमका कार्यपत्र प्रस्तुतकर्ता श्याम श्रेष्ठले संसांसदहरुले दबाब मुलक तरिकाले दलित तथा सीमान्तकृत समुदायको सवालमा अन्य समुदायलाई पनि संगठित गर्दै साझा मुद्धाको रुपमा आवाज उठाउनु पर्ने सुझाव दिनु भयो ।

उहाँले अन्यायका विरुद्ध राजनीतिक दल भन्दा माथी उठेर देश र समुदायको हितमा सधै बोल्नुपर्ने दायित्व सांसदको भएको धारणा राख्नु भयो । त्यस्तै उहाँले सांसदले राखेका अनुभवलाई संम्बोधन गर्दै शुन्य समयमा बोल्न पाउनु मानव अधिकारको कुरा भएकाले बोल्न पाउनु पर्ने,सांसदहरुले नीति तथा कार्यक्रम ऐन सरह भएकाले बजेट ल्याउदा सोहि अनुरुप ल्याउनु पर्ने र नल्याए कानुन लाग्न सक्ने,दलित शशक्तिकरण बिद्ययक तथा अन्य कानुनहरु बनाउन जोड दिनुपर्ने र अन्यायका बिरुद्ध संगठित भएर आवाज उठाउनु पर्ने सझुाव दिनुभयो ।

कार्यक्रममा प्रदेश एक बाट पुर्व सामाजिक विकास राज्यमन्त्री तथा सांसद जसमाया गजमेर,प्रदेश दुई बाट सांसद सुनिता राम,बागमती प्रदेशबाट सांसदहरु सरस्वती बाटी,जुनेली श्रेष्ठ,मैना अछामी,गण्डकी प्रदेशबाट सांसद दोबाटे विश्वकर्मा,लुम्बिनी प्रदेशबाट सांसदहरु कमला विश्वकर्मा र माला गोतामे, कर्णाली प्रदेशबाट देवी वली,अमृता शाही,कौशिला खत्री,मीना सिंह, र सुदुरपश्चिम प्रदेशबाट सरस्वती विश्वकर्मा लगायतले आ आफ्ना भनाई राख्नु भएको थियो । त्यस्तै सातै प्रदेशबाट दलित तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने अन्य सांसदहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रम दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको अध्यक्षता,उपाध्यक्ष शुशिल बि.के.स्वागत मन्तव्य,कोषाध्यक्ष दिपेन्द्र पासवानको धन्यवाद ज्ञापन र महासचिव जेबी विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्