RaraNews

प्रकाशित : २०७८/४/२१ गते
५५० पटक


तामझामकका साथ उद्घाटन गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयको तह सुस्ताउदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिकको हितमा भएकाले नयाँ युगको थालनि भएको भनिए पनि कार्यक्रम लागु भएको दुई वर्ष भैसक्दा पनि कामले गति लिन नसकेकोमा उनीहरुले दुखेसो पोखेका हुन् । जागरण मिडिया सेन्टरले उत्पादन गर्ने साप्ताहिक कार्यक्तम “कट्वाल रेडियो पत्रिका” संग कुराकानी गर्दै उनीहरुले सो कुरा बताएका हुन ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले औपचारिक क्षेत्रका कामदारलाई समेत समेटन नसकिरहेको अवस्थामा अनौपचारी क्षेत्रका श्रमिकहरुको सवालमा न त बहस नै चलेको छ न त श्रमिकहरु यस बिषयमा जानकार छन् । स्वास्थ्यकर्मी पाल्पाकी उषा बस्यालले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले निजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेट्न नसकेको अनुभव सुनाउनु हुन्छ । उहाँले भन्नु हुन्छ “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबारे सुनेकी छु तर लागु कहिले हुन्छ ?”उषाको जस्तै अनुभव छ, रुपन्देहिको निजि बिद्यालयमा शिक्षण गर्दै आउनु भएका शिक्षक धनरिषि शर्माको पनि । उहाँले पनि कोभिडले थला परेको बेला धेरै जनाले रोजगार गुमाउनु परेको छ,रोजगार भएकाहरुले पनि समयमा तलब पाउन सकिरहेका छैनन् योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै जसो नीजि क्षेत्रका कामदारलाई छुन नसकेको वास्तविकता बताउनु हुन्छ ।

हुन त श्रम कार्यालय बुटवलका सुचना अधिकारी कमल पौडेलका अनुसार सामाजिक सुरक्षा कोषमा सहभागि संख्या बढ्दो छ तर अनौपचारिक क्षेत्रमा काम नै शुरु नभएको जानकारी दिनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वय गराउन त्रिपक्षीय भुमिका महत्वपुर्ण हुन्छ । जस अन्र्तगत सरकार,रोजगारदाता र श्रमिकहरुका संगठनहरुको उत्तिकै जिम्मेवारी हुन्छन् । कार्यक्रम कार्यान्वय तहमा कार्यकारी भुमिका खेलेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले औपचारीक नीजि क्षेत्रमा मात्रै योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम लागु भएको तर अनौपचारीक क्षेत्रका हकमा कार्यबिधि र योजनाहरु तयार भएर छलफलको चरणमा रहेको जानकारी दिनु भयो । उहाँले यो अवधिमा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका रोजगारदाताको संख्या करिब १५ हजार, योगदानकर्ताहरु २ लाख ७५ हजार पुगेको छ भने ६ कोषमा अर्ब ९७ करोड रकम जम्मा भएको बताउनु भयो ।

त्यस्तै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य जगत सिम्खडाले योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम सहभागि हुन्े मदजुरहरुको सपना भएको भनाई राख्नु भयो । उहाँले यो कार्यक्रममा अनौपचारिक क्षेत्रका मजदुरहरु सहभागि हुदा जोखिम कम हुने भएकाले पनि सबै क्षेत्रलाई समेटेर वृहत कार्यक्रमको रुपमा लैजानु पर्ने धारणा राख्नु भयो । अहिले यो बिषयमा पनि एक अर्कालाई दोष लगाएर सुस्ताउदै गएको भन्दै नकारात्मक कुरालाई चिर्दै आफुहरु सरोकारवाला निकायसंग छलफल गरि अभियानात्मक रुपमा लौजान देश दौडाहामा निस्केको बताउनु भयो ।

उता उद्योग वाणिज्य महासघमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने कृष्ण प्रसाद शर्माले योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रमले श्रमिक र रोजगार दाता दुवैलाई फाईदा पुग्ने बताउनु भयो । यस बिषयमा रोजगारदाता पनि सकारात्मक भएको भन्दै राज्य नै जिम्मेवार बन्नु पर्ने तर्क राख्नु भयो । उहाँ राज्यले सरोकारवाला निकायसंग नीतिगत तथा कानुनी समस्याको बारेमा छलफल,समन्वय गरेर सहज बनाउन ध्यान दिनु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै नीतिगत रुपमा काम गर्ने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हो । मन्त्रालयका सह सचिव तथा प्रवक्ता दिपक काफ्लेले यो नयाँ र वृहत कार्यक्रम भएकाले नीतिगत तहमा काम भैरहेको भन्दै सोराकारवाला सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

अधिकारकर्मी सरु जोशी श्रेष्ठले योगदानमा आधारीत सामाजिक सुरक्षा जसरी भव्यरुपमा उद्घाटन भयो सोही अनुरुप कार्यान्वयनले गति लिन नसकेको बताउनु भयो । उहाँले यो कार्यक्रमले अनौपचारीक क्षेत्र,घरभित्र ,कृषिमा रहेका र स्वरोजगारी महिलाहरुको हकमा छुनै नसकेको बताउनु भयो । यो कार्यक्रम लागु गर्न सरकार गम्भिर बन्नुपर्ने भन्दै सरकारले ताझाम,खर्च गर्ने भड्किलो शैली परिर्वतन गरेर सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्ने विचार व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्