RaraNews

प्रकाशित : २०७८/४/१३ गते
५९२ पटक

श्रावण १३, काठमाडौं ।
नेपाली मिडियामा दलित मानव अधिकारका विषयवस्तु अपेक्षा गरिए जति आउन नसकिरहेको मुलधारका क्रियाशिल पत्रकारहरुले बताएका छन् ।
क्रियाशिल पत्रकारहरुका लागि दलित मानव अधिकारका मुद्धामा जागरण मिडिया सेन्टरद्धारा काठमाडौमा आयोजित एक दिने पुनर्ताजगी तालिम कार्यक्रममा उनीहरुले विषयवस्तुको संवेदनसीलता र गाम्भिरयता नबुझेकाले मिडियाले समेट्न नसकेको बताएका हुन् ।
पछिल्ला समयमा बस्तुपरक भन्दा घटनामुलक विषयवस्तुको रिपोर्टिङ गरिएकाले दलित मानव अधिकारको मुद्धाले मिडियामा प्रयाप्त ठाउँ पाउन नसकिरहेको कार्यक्रमका सहभागीहरुको जोड रहेको छ । उनीहरुले मिडियामा पनि विभेद भएकै कारण दलितका मुद्धाले प्रयाप्त ठाउँ पाउन नसकेको बताए ।
कतिपय मिडियाको समावेशी संरचना नभएका कारण, कतियको सम्पादकीय नीति नभएका कारण र कतिपय सन्दर्भमा यो मुद्धाको रिपोटिङमा संवेदनसिलता र बुझाई प्रष्ट हुन नसकेकाले नेपाली मिडियामा दलितका मुद्धाले ठाउँ पाउन सकिरहेको छैन ।
नेपाली मिडियामा दलित मुद्धाले ठाउँ पाउने स्थिति निर्माण गर्न स्वयं दलित समुदायका पत्रकारहरुको क्षमता विकास संगसंगै मिडियामा दलित समुदायका पत्रकारको भौतिक उपस्थिति बढाउन जोड दिनुपर्ने आवस्यकता देखिएको छ ।
पुनर्ताजगी कार्यक्रमका प्रशिक्षक डा कुन्दन अर्यालले दलितका विषयमा लेख्ने बोल्ने पत्रकारहरुको नेपाली मिडियामा उपस्थिति हुँदा धेरै फरक पर्ने विचार राख्नुभयो ।
उहाँले सामाजिक सांस्कृतिक विषयवस्तु, समावेशीकरणका मुद्धा दलितको मानव अधिकारका विषयवस्तुमा मिडिया सेन्सटाईज्ड् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी र निजी व्यवसायीक मिडियाहरुमा पनि हस्तक्षेप पुग्नेगरी पहुँच बढाउन आफ्नो क्षमता बढाउनुपर्छ भन्नुभयो ।
मिडियाले समाजको आँखाबाट हेर्नुपर्ने बताउदै पत्रकारले मिडियाको ईथिक्स, मानव सञ्चार, सामाजिक सञ्जाल र भेदभाव विरुद्ध अभियान थाल्नुपर्ने डा. अर्यालको भनार्ई रहेको छ ।
पत्रकारहरुले समाचारवस्तुको रिपोटिङ गर्दा आफ्ना विचार निर्माण गर्नुपर्ने र विचार निर्माण गर्दा अध्यन अनुन्धान, भ्रमण लगाएत राज्यलाई धक्का पुग्नेगरी कानुनलाई समाएर लेख्नुपर्ने उहाले बताउनुभयो ।
पत्रकारले समाचार लेख्दा न्युज र भ्यूजलाई संगसंगै प्रस्तुत गर्न सकिने भएकाले उहाले यसको मुल्य मान्यता र विश्वसनीयतालाई ख्याल गर्नपर्छ भन्नुभयो ।
डा. अर्यालले आफ्ना प्रस्तुतीमा विषयस्तुको उत्पादन र लेखन प्रकृतिका विभिन्न पक्षहरु, विषयवस्तुको उठानमा गर्नु्पर्ने सुधारहरुलाई औल्याउदै दलितका मुद्धालाई मिडियामा ल्याउन दवाव समुहको सक्रियताको प्रभाव खोज्दै, मिडियाको भेदभावपुर्ण व्यवहार हुन नदिन, पत्रकारहरु सामाजिकीकरण हुनुपर्ने र प्रभावितलाई न्याय गर्नसक्नु पर्ने विषयवस्तुमा ध्यान दिन जरुरी भएको उल्लेख छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा नयाँ पत्रिकाका राजनीतिक व्यूरो पत्रकार प्रकाश धौलाकोटीले मिडियाले दलित समुदायका मुद्धामा उठाउन सक्ने थुप्रै विषयवस्तुहरु भएको बताउनुभयो ।
रिपोटिङबारे आफ्ना अनुभव बताउदै पत्रकार धौलाकोटीले अस्पतालमा उपचार पाउन नसकेका कुरा, उपचारमा पैसा खर्च जुटाउन नसकेका कुरा, दलित समुदायले अहिले खोप नपाएका कुरा लगाएतका तमाम समस्या भएको तर यी विषय वस्तुको रिपोटिङ गर्ने र लेख्ने पत्रकारको कमी भएको उल्लेख गर्नुभयो ।
उहाँले अबका दिनमा दलितका मुद्धामा काम गर्न चाहाने पत्रकारहरुको खोजी गर्ने र यस्ता विषयमा विषयगत अन्तरक्रिया गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रसंगवश अहिले वहसमा आईरहेको, जातकै कारण कोठा नपाएको घटनामा विभिन्न मिडियाले रुपा सुनार नै अपराधी भएजस्तै भन्ने ढंगबाट आ आफ्नै धारणाहरु समाचारहरु प्रस्तुत गरेको पाइएको बताउनुभयो ।
उहाँले आफूले प्रस्तुत गरेको लेखेको समाचार विषयवस्तुमा आफै सम्पादक हुने भएकाले आफ्नो क्षमता विकास गर्नु जोड दिनुपर्छ भन्नुभयो ।
२० जना पत्रकारहरुको सहभागीता रहेको उक्त तालिमका कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव भिम घिमिरे र कोषाध्यक्ष सुशिल दर्नालले मिडियामा दलित पत्रकारको भौतिक उपस्थिति बढाउन क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले हार्ड न्यूजलाई हतारको साहित्य भन्ने गरिएकाले सफट् न्युजलाई फुर्सदको साहित्यको रुपमा दलितका थुप्रै विषयवस्तुलाई समेट्न सकिने विचारहरु राख्नुभयो ।

प्रतिकृया दिनुहोस्