RaraNews

प्रकाशित : २०७८/४/५ गते
६८९ पटक

काठमाडौँ, ५ साउन :  सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकहरुले समावेशीताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशीता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अधययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन÷अनुसन्धान गरी नीतिगत सुधारसँगै समावेशीताको विषयवस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख चिरञ्जीवी खनालले त्रिभुवन विश्व विद्यालयको पत्रकारिता सम्वन्धी पाठ्यक्रममा समावेशीताबारे केही विषयवस्तु समावेश भएपनि प्रयाप्त नभएको बताउनुभयो । उहाँले अनुसन्धान र छलफलका आधारमा पाठ्यक्रमको विषयलाई समावेश गर्न सकिने उल्लेख गर्नुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय, पत्रकारिता विषयगत कमिटीका अध्यक्ष डा. सुरेश आचार्यले पूर्वाञ्चल विश्वाविद्यालयको पत्रकारिता सम्वन्धी समावेशी विषयलाई समावेश गर्न सकिने तर त्यसका लागि अनुसन्धान र आधारहरु आवश्यकता पर्ने बताउनुभयो । उहाँले पुर्वाञ्चल युनिभर्सिटीको पत्रकारिता विषयका लागि मिडिया डिपार्टमेण्ट नै स्थापित नभएको र जेनतेन विषयगत समिति मात्रै निर्माण गरिएकाले कलेजले प्रस्ताव गरेको विषय नै लागु हुने अवस्था रहेको बताउनुभयो ।

उहाँले आम सञ्चार र पत्रकारिता विषयमा सामाजिक समावेशीकरणको मुद्धालाई प्रवेश गराउनु मात्रै ठूलो कुरा नभएको तर विषयगत मुद्धामा अध्यापन गराउन जाँदा प्राध्यापकले कति बुझेर जानुहुन्छ भन्ने कुरा महत्वपुर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले यस्ता समावेशीकरणको विषयलाई मुलधारमा समाहित गरिएन भने यसलाई ऐच्छिक विषयवस्तको रुपमा प्रवेष गराउदा दलितले मात्रै पढ्नुपर्ने विषयवस्तु बन्न सक्ने भएकाले यसको राईट टु एप्रोचलाई बढाउनको लागि कलेजमा पढाउने प्राध्यापकको वानी व्यवहारमा समेत परिवर्तन गराउन आवश्यक छ, भन्नुभयो ।
काठमाडौँ विश्वविद्यालय, मिडिया तथा भाषा अध्ययन विभागका विभागीय प्रमुख सुद्यांशु दाहालले आमसञ्चार माध्यममा सिमान्तकृत समुदायको विषयवस्तुको लागि त्यो समुदायको भौतिक सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारिताले समाजमा प्रभाव पार्ने र बदलाव नै ल्याउने भएकाले नागरिकको वा समुदायतहको अहिलेको यथास्थितीवादी वुझाई भन्दा माथी उठेर समाज विज्ञानको अध्यन गर्दै समावेशी मुद्धालाई प्रवेश गराउनुपर्छ भन्नुभयो ।

त्यसैगरी आमसञ्चार र पत्रकारिताको विषयमा विश्व विद्यालयहरुमा अध्यापन गराईने विषयहरु मिडिया कल्चर र मिडिया सोसाईटीको विषयभित्र पनि समावेशीतालाई जोड दिनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालय, पत्रकारिता केन्द्रिय विभागका उपप्राध्यापक देवराज अर्यालले कानुन र संविधानत व्यवस्था गरिएको मुद्धा सामाजिक रुपमै स्वीकार गर्दैछौ भने, कार्यन्वयन गर्नुपर्ने दायित्व पनि नागरिककै हुनुपर्ने उल्लेख गर्नभयो ।

त्रिभुवन विश्व विद्यालयको केन्द्रिय विभागमा अध्यापन गराइने विषयमाहरुमा समावेशीताको सवाललाई छुट्टै विषयको रुपमा स्थान दिएर अध्यनन गराउने गरेको छैन, उहाँले भन्नुभयो, “यद्यपी लैगिंक अध्ययन, मानवशास्त्र र समाजशास्त्रका कतिपय विषयगत पत्रमा महिला, आदिवासी, जनजाति, दलित मधेशी, मुस्लिम र अपांगता तथा पछाडी पारिएका वर्ग एवं सिमान्तकृत समुदायको सवालहरु समाविष्ट भएका छन् । ”

उहाँले विश्व विद्यालयको आम सञ्चार र पत्रकारिता विषयमा समावेशीताको अहिलेको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै, अब पाठ्यक्रममा समेट्न सबै तहबाट वहस र छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्राध्यापक संहिदु पौडलले अहिले पनि ६ वटा विश्व विद्यालयमा स्थायी रुपमा काम गर्ने महिला प्राध्यापकहरुको उपस्थिती अत्यन्तै कम रहेको बताउनुभयो ।
खुल्ला विश्वविद्यालय, पत्रकारिता विभागका संयोजक विकाश ढकाल, पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र मदन भण्डारी कलेजका प्राध्यापक भवानीश्वर गौतम, गोर्खापत्रका सम्पादक जुनारवावु श्रेष्ठ, कान्तिपुर सिटी कलेजका राजिव तिमिल्सेना, पुस्पलाल कलेजका पिताम्वर सिग्देल लगाएतले समयअनुसार पाठ्क्रममा समावेशी विषयलाई समावेश गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँहरुले अहिले कोर्षको समिक्षा गरी नयाँ डिजाईन गर्ने वेला भएकाले लैंिगक सामानता र सामाजिक समावेशीकरणको मुद्धालाई समेट्न सकिने बताउनुभयो । त्यसैगरी विश्व विद्यालयका आमसञ्चार र पत्रकारिता विषयमा अहिले पढाई भईरहेको मिडिया र कानुन, मिडिया र सोसाईटी, मोडर्न जर्नालिज्म, मिडिया ईथिक्स, मिडिया हिस्ट्री, मिडिया रिसर्च लगाएतका विषयहरुको निर्माण कार्य भईरहेकाले यही वेला दलित र समावेशीताको सवाललाई समावेश गर्न सकिने बताउनुभयो ।

आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अनुसन्धान गरिरहनु भएका अनुसन्धानकर्ता जेवी विश्वकर्माले पत्रकारिता क्षेत्र समाज सुधारको एउटा औजार भएको बताउँदै पत्रकारिता विषयको पाठ्यक्रमलाई नै समावेशी बनाउनुपर्छ भन्नुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले विषयवस्तु र सहभागिताको हिसावले आमसञ्चार माध्यम समावेशी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मुल कानुनमा लेखिएको समावेशीताको सिद्धान्त र मर्मलाई कार्यन्वयन गर्ने निकाय कमजोर भएकाले यतातिर सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । विश्व विद्यालयमा पढाई हुने आमसञ्चार र पत्रकारिताको विषयमा पनि पाठ्यक्रम निर्माण गर्दा समावेशीताका मुद्धालाई सम्बोधन गराउनुपर्नेमा जोड दिनुभयो ।

जागरण मिडिया सेन्टरका संस्थापक रेम विश्वकर्माले समावेशीको विषयमा महिलाको मुद्धा महिलाले र दलितको मुद्धा दलितले नै उठाउनुपर्ने प्रचलनको अन्त्य गर्नुपर्छ भन्नुभयो । उहाँले समावेशीताको सिद्धान्तलाई ठीक ढंगले आत्मसाथ नगर्दा, यसको प्रभाव विश्व विद्यालयका पत्रकारिता र आम सञ्चारको विषयको अध्यनमा पनि परेको बताउनुभयो ।
उहाँले अहिले छरिएर रहेका विभिन्न विधाका समाजशास्त्र, समाज विज्ञान, मिडिया सोसाईटी, लगाएत विषयहरुलाई दलित महिला, जनजाति,मधेसी तथा अपांगता र अल्पसंख्यक समुदायको मुद्धालाई एकिकृत गरी समावेशीतामा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिकृया दिनुहोस्