RaraNews

प्रकाशित : २०७८/३/७ गते
८२६ पटक

काठमाडौं : पछिल्लो समय देशभर जातका आधारमा दलितहरुमाथी हुदै आएको जातीय विभेद तथा छुवाछुतका घटना बारे नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

देशको प्रमुख प्रशासनिक क्षेत्र काठमाडौंमा दलित भएका कारण डेरा नपाएको लज्जाका घटनाहरु क्रमश सार्बजनिक हुन थालेपछि नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

दलित अधिकारकर्मी,डेरा पिडित र नागरिक अगुवाबीच हिजो र आज ब्यापक रुपमा छलफल भएको छ । छलफलका क्रममा दिपा नेपाली,करुणा विश्वकर्माले गत वर्ष आफूहरुले भोग्नु परेका समस्याहरु जानकारी गराएका थिए । रुपा सुनारले पनि आफ्नो घटना बारे जानकारी गराएकी थिइन् ।

काठमाडौंको बानेश्वरमा दुई दिन भएको छलफलका क्रममा दलित समुदायमाथि ऐतिहासिक रुपमा हुँदै आएको विभेदका बिरुद्ध बृहत् नागरिक आन्दोलन प्रमुख मुद्दा बनाएर अघि बढ्नु पर्ने दलित अधिकारकर्मीहरुले सुझाएका छन् । बृहत् नागरिक आन्दोलनले दलित समुदायमाथि हुदै आएका सबैखाले विभेदको सशक्त प्रतिरोध गर्न जरुरी रहेको बताएका छन् ।

साहित्यकार,लेखक लगाएतका विभिन्न पेशाकर्मीहरु आबद्ध रहेको बृहत् नागरिक आन्दोलनले जातीय विभेद बिरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने छलफलमा सहभागी बृहत् नागरिक आन्दोलनका सदस्य एवं अध्येता जेबी विश्वकर्माले जोड दिएका छन् ।

रुपा सुनार, दिपा नेपाली र करुणा विश्वकर्मा लगायतका घटनाका पिडितहरूको पक्षमा बृहत् नागरिक आन्दोलन आन्दोलनको अग्रपंक्तिमा रहने नागरिक अगुवाहरुले प्रतिबद्धता गरेका छन् ।

छलफलमा बरिष्ठ पत्रकार लेखक नारायण वाग्ले,लेखक युग पाठक, भास्कर गौतम, रुप सुनार, रंगकर्मी घिमिरे युवराज, वसन्त छिप्पा, रिता परियार, महाविर विश्वकर्मा,जेबि विश्वकर्मा, सन्तोष परियार,प्रनेता, रिता बुढाथोकि र पिडितहरू रुपा सुनार, दिपा नेपाली, करुणा विश्वकर्मा सहभागी थिए ।

फोटो : सन्तोष परियारको फेसबुक वालबाट

समता खबरबाट साभार

प्रतिकृया दिनुहोस्