RaraNews

प्रकाशित : २०७८/३/७ गते
७४३ पटक

भोजपुरका संगम ठटालको मृत्यु प्रकरणमा प्रहरीले मुद्धा दर्ता अस्वीकार गर्यो 

असार ७, काठमाडौं । पूर्वी नेपालको भोजपुरको षडानन्द नगरपालिका–१४, बोयाका १८ वर्षीय संगम ठटालको मृत्यु प्रकरणमा नेपालका मानव अधिकारकर्मी तथा न्यायकर्मीहरुको एक समुहले प्रेस विज्ञप्ति निकालेका छन् ।

गत जेठ १० गते गैरदलित युवतिसँग प्रेम विवाह गरेको आरोपमा वडा अध्यक्ष सहित स्थानीयले विवाह रोक्ने प्रयास गर्दै जातीय गाली गलौज र कुटपिट गर्दै, ज्यान मार्ने धम्की दिएको भोलीपल्ट वेपत्ता भएको र नजिकैको जंगलमा मृत फेला परेका ठटालको प्रहरीले उजुरी समेत लिएको थिएन ।

उक्त घटनाको विरोधमा दलित अधिकारकर्मीहरु सहित मानवअधिकारकर्मीहरुको ठूलो जत्थाले आत्महत्या दुरुत्साहनसहित जातीय भेदभाव छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को कानुनी प्रावधान अनुसार प्रहरीले मुद्धा दर्ता अस्वीकार गरेको भन्दै घटनामा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै प्रेस विज्ञप्ति निकालेका हुन् ।
मृतक ठटाल परियार भोजपुरको षडानन्द नगरपालिका वडा नं. १४ स्थित सिंहदेवी थानभन्दा पूर्वको पालेवन जंगलको अंगेरीको रुखमा परियार झुण्डिएको अवस्थामा भेटिएका थिए ।

गैर दलित युवतीसँग भएको प्रेम विवाह रोक्न स्थानीय वडा अध्यक्ष भक्क बहादुर रोकाहाले निर्देशन दिएपछि स्थानीयवासीले, मृतक ठटाललाई कुटपिट गर्दै, केटीलाई जबरजस्ती छुटाएर लगेको र मृतकका आफन्तलाई समेत ज्यान मार्ने धम्कि दिएका थिए ।

कुटपीटबाट गम्भिर घाइते भएकाको भोलीपल्ट जेष्ठ १२ गते एकाएक बेपत्ता भएका संगम ठटाल परियारलाई उनको खोजी कार्यमा स्थानीय प्रशासनले चासो नदेखाएपछि जेष्ठ १५ गते नजिकको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मोबाइल चोरेको आरोपमा, गर्भवति २५ वर्षिय शोभादेवि परियारमाथि हमला

त्यसैगरी, मोबाइल चोरेको आरोपमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वडा नं. ५ की गर्भवति २५ वर्षिय शोभादेवि परियार तामाङमाथि सांघातिक हमला भएको घटनाप्रति पनि आफूहरुको ध्यानकर्षण भएको दलितअधिकारकर्मीहरुले जनाएका छन् ।

७ वर्षिया छोरीले मोबाइल चोरेको भन्दै आमा शोभालाई निर्घात कुटपीट गरेपछि वेहोस भएकी उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइएको छ । उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्धा दर्ता भए पनि दोषिलाई पक्राउ गर्न ढिलासुस्ति गरेकोप्रति मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मीहरुले न्यायका लागि चासो व्यक्त गरेका हुन् ।

अन्तरजातीय विवाह भएको १ वर्ष पछि जात थाहा पाएर केटा पक्षका आफन्तीले केटालाई उठाए

त्यस्तै, झापाको अर्जुनधारा नपा ११ सालबारीमा २१ वर्षिय तुलसा लोहार र सोही जिल्लाकाको हल्दिबारी २ का बलराम कट्टेलबीच अन्तरजातीय विवाह भएको १ वर्ष पछि बच्चा जन्मिएर डेढ महिनाको भइसक्दा जात थाहा पाएर केटा पक्षका आफन्तीले जबरजस्त केटालाई उठाएर लगेको घटनामा पीडित तुलसाले प्रहरी समक्ष ‘श्रीमान खोजी पाऊँ’ भन्ने निवेदन दिदा समेत प्रहरी प्रशासनले कुनै नदेखाएपछि उत्त घटनामा समेत पीडितलाई न्यायका निम्ति पहल गर्न सम्पुर्ण न्याय कर्मीहरुले हार्दिक अनुरोध गरेका छन् ।

उल्लेखित घटनाहरुका दोषिहरुलाई यथासिघ्र कारबाहीको दायरामा ल्याउन, न्याय तथा अधिकारकर्मीहरुको एक ठूलो समुहले प्रदेश नं. १ का राजनैतिक दलित संगठनहरु, सामाजिक संघसंस्था र नागरिक समाजको तर्फबाट माग गरेका हुन्

घटनाको सुनुवाई नभई पीडितले न्याय नपाएको खण्डमा आफुहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने मानव अधिकार दलित अधिकार तथा न्यायका क्षेत्रमा क्रियाशीलतपशील बमोजिमका १२० संस्थाका प्रतिनिधीहरुले जनाएका छन् ।

साथै उनीहरुले प्रदेशभर रहेका जातीय भेदभाव र छुवाछुतसँग सम्बन्धित मुद्धाहरुको कारबाही प्रक्रिया अघि बढाइ पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका हुन् ।

प्रेस विज्ञप्तीमा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भईसकेको र कानुनी रुपमा समाज विभेद मुक्त भईसक्दा समेत व्यवहारिक रुपमा दलितहरुमाथी अझै विभेद भईरहेकाले, दलित समुदायले अमानवीय र तल्लो स्तरको जीवनयापन गर्नुपर्ने, अन्तरजातीय विवाहका नाममा बिस्तापित हुनुपर्ने, ज्यान गुमाउनुपर्ने लगायतका कहालिलाग्दा घटनाहरु बढिरहेको र पीडितहरु न्याय माग्न जाँदा कानुन कार्यान्वयन गर्ने निकाय मेलमिलाप केन्द्रजस्तो बन्ने गरेका छन्, उक्त घटनामा हाम्रो गम्भिर ध्यानकर्षण भएको छ, उल्लेख गरिएको छ ।

https://drive.google.com/drive/u/1/my-drive

प्रतिकृया दिनुहोस्