RaraNews

प्रकाशित : २०७८/३/३ गते
७६८ पटक

प्रेस विज्ञप्ती
नेपालको संविधान २०७२ ले नै छुवाछूत मुक्त नेपाल भनेर प्रष्टरुपमा भने पनि देशको केन्द्रीय राजधानी काठमाण्डौंमै दलित समुदायले जातकै आधारमा कोठा भाडामा नपाउने घटना दिन प्रति दिन बढ्दै गएकोमा जागरण मिडिया सेन्टरको गम्भीर ध्यानाकर्षण भएको छ ।
इमेज टेलिभिजनमा उकाली–ओराली कार्यक्रमकी प्रस्तोता सञ्चारकर्मी रुपा सुनारले कोठा खोज्ने क्रममा काठमाडौं महानगरपालिका –११ बबरमलस्थित सरस्वती प्रधानको घर असार १ गते दिउँसो २ बजे पुग्दा रुपा र सरस्वतीबीच कोठाको विषयमा राम्रै कुरा भएर भाडाको समेत टुंगो लगाएर सबै कुरा मिलेपछि जातको प्रश्न उठ्यो र रुपाले ‘कामीकी छोरी हुँ’ भनेपछि सरस्वतीले ‘हामी कोठा दिन सक्दैनौं भन्नु घोर आपत्तीजनक विषय हो ।
छुवाछूत विरुद्धको हकलाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएता पनि दलित समुदायका मानिसहरुले संघीय राजधानी काठमाडौं जस्तो ठाउँमा यसरी जातकै आधारमा डेरा नपाउने र अपमानित हुनुपर्ने घट्ना प्रति जागरण मिडिया सेन्टरको गम्भिर ध्यानाकर्षण भएको छ । सो घट्नामा संलग्न घरबेटी सरस्वती प्रधानलाई कानूनी दायरामा ल्याई सजाय दिन र पीडित रुपमा सुनारलाई न्याय दिलाउन जोडदार माग गर्दछ ।

(भिमबहादुर घिमिरे)
महासचिब

प्रतिकृया दिनुहोस्