RaraNews

प्रकाशित : २०७८/३/३ गते
८१४ पटक

मोवाइलको सिमचोरी गरेको झुठो आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिलाले  मानसिक सन्तुलन गुमाएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी  देबीका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा  तीन महिनाको गर्भवती २५ वर्षीया शोभादर्जीले मानसिक सन्तुलन गुमाएकी हुन् । कुटपिटपछि कडा खाले मानसिक रोगी बनेकी शोभाको हाल सुनसरीको धरान स्थित विपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । 

छिमेकीको मरणासन्न कुटपिटबाटमानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामीझाँक्री लगाउने गरेको थियो । तर, औषधी सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धामीझाँक्रीले उनको रोग निको पार्न सकेनन् । 

रोग बल्झिँदै गएपछि उनी झन विरामी भइन् । मानसिक रोगी शोभाले दिन प्रतिदिन छिमेकी मगर परिवालाई जथाभावी गालीगलौज गर्दै हिँड्न थालिन्  ।  गाउँलेहरुले बौलाइले गाउँमा दुःख दिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तर पनि उनको व्यवहारमा सुधार नभएपछि वडा अध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिन अघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए । 

अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अँझै सुधार आइनसकेको र उनी तीन महिनाको गर्भवती समेत रहेको चिकित्सकहरुले जानकारी दिएको श्रीमान उमेश तामाङले बताए । श्रीमान उमेशका अनुसार गर्भवती भएकोले रोगको हिस्ट्री पत्ता लगाउन चिकित्सकहरुले शोभाको सिटी स्क्यान गराउन सकेका छैनन् । 

उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाको ७ वर्षीया एक छोरी छन् । उनीहरु पनि नजिकै रहेको चिसाङ खोलामागिट्टी कुटेर जिविको पार्जन गर्ने गर्दथे । 

साभार नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्