RaraNews

प्रकाशित : २०७८/२/२८ गते
११६० पटक

कमलहरी मुक्ति अभियानकी अभियन्ता दाङकी २७ वर्षीया उर्मिला चौधरी ‘फ्रिडम फोरम फियर अवार्ड’ सम्मानित हुनुभएको छ । गत जेठ २ गते नेदरल्याण्डको मिडर्वमा एक भव्य समारोहकाबीच उर्मिलालाई थारु समुदायको कमलहरी प्रथा उन्मुलनमा योगदान पु¥याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।


दक्षिण एशियामा पाकिस्तानकी मलाला युसफजईलाई सन् २०१४ मा उक्त पुरस्कार प्रदान गरिएको थियो। सन् २०१८ मे १६ तारिखमा नेपालकी उर्मिला चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
कमलरी प्रथा अन्त्य र उनीहरूले पढ्न पाउनुपर्ने अधिकारको लागि उर्मिलाले खेलेको भूमिका र प्रतिबद्धतालाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।


उर्मिला नेपालबाट उक्त पुरस्कार प्राप्त गर्ने पहिलो युवती हुनुहुन्छ । प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको ‘फ्रिडम फोरम फियर अवार्ड’ खासगरी मानव अधिकारको क्षेत्रमा काम गर्नेहरूलाई प्रदान गरिँदै आएको छ । यसअघि विश्वका मलाला युसफजई, आङ साङ सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोह्न इभान, नेल्सन मण्डेला, जर्मन राष्ट्रपति अञ्जिला मार्केले यो अवार्ड पाइसकेका छन्।

दाङको गढवा गाउँपालिका वडा नं. ७ मानपुरमा २०४८ सालमा जन्मिएकी चौधरी ६ वर्षको उमेरदेखि नै अरुको घरमा कमलहरी बस्नु परेको थियो । १७ वर्षको उमेरसम्म उहाँले काठमाडौंमा विभिन्न व्यक्तिका घरमा कमलहरी जीवन बिताउनु परेको थियो ।


विसं २०५७ साउन २ गते सरकारले मुक्त कमैया घोषणा गरे पनि चौधरीले भने २०६३ साल माघ १ गते मात्रै कमलहरी जीवनबाट मुक्त भएको हुनुभएका् थियो । कमलहरी जीवनबाट मुक्त भएपछि उहाँ कमलरी मुक्ति अभियानमा लउनी लाग्नु भएको हो । अभियान्ता चौधरीलाई अभियानमा दृढतापूर्वक लागेकै कारण विश्वबाटै छनोट गरेर ‘फ्रिडम फोरम फियर अवार्ड’ नेदरल्याण्डले प्रदान गरेको हो ।

प्रतिकृया दिनुहोस्