RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/६ गते
१४७३ पटक

कञ्चनपुर । 

सामाजिक संजाल फेसबुक मार्फत दलित समुदायलाई होच्याउदैं जातिय रुपमा गाली गलौच गर्ने कंचरपुरका दिलीप पन्त अझै फरार रहेका छन् ।

घटनापछि प्रहरीले उनलाई सामान्य सोधपुछका लागि जि.प्र.का ल्याई २४ घण्टापछि छोडेको र त्यसपछि कंचरपुरका दलित अधिकारकर्मीहरुले पन्त माथि किटानी जाहेरी नै दिएपछि उनि अहिले फरार रहेको र उनको खोजी कार्य जारि जिल्ला प्रहरि कार्यालय कंचनपुरको मुद्धा फाँटका सई बाशुदेव अवस्थीले जानकारी दिए । पन्तले कंचनपुरका दलित अधिकारकर्मी दिलाराम टमाटा लगायतका दलित अगुवालाई सामाजिक संजाल फेसबुक मार्फत ‘डुम’ शब्द प्रयोग गर्दै गाली बेज्जती गरेका थिए ।
गत बुधवार उनले आफ्नो फेसबुक स्टाटसमा दलित समुदायलाई होच्याउदै “डुम भनेका लाष्टमा डुमै हुँदा रहेछन” भन्दै अति नै दरिद्र र हेपाहा मानसिकताले स्टाटस लेखेका थिए ।

     (पन्तले लेखेको स्टाटस)

दलित अगुवाहरुलाई विना कारण गाली बेइजती गरि सामाजिक संजाल मार्फत जातिय विभेद गरेकोले उनिमाथि आफुहरुले मुद्धा दर्ता गरेको पिडित दलित अगुवा दिलाराम टमाटाले बताए ।

दलित अगुवाहरुलाई गाली गर्ने पन्तलाई तत्काल पक्राउ गरी जातिय विभेद बिरुद्ध बनेको कानुन अनुसार कडा कारवाही हुनुपर्ने आफुहरुको माग रहेको दलित युवा नेता विरेन्द्र नेपालीले बताए । जातिय दम्भका कारण आफुहरुलाई गाली गरेकाले यो मुद्धा जातिय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन अनुसार  मुद्धा दायर गरेको उनको भनाई छ ।

सार्वजनिक रुपमा दलित समुदाय माथी अपमानीत रुपमा गाली गर्नेलाई कानुन अनुसार कडा कारवाही नभए देशब्यापी रुपमा आन्दोलनमा जाने दलित साझा मञ्च कञ्चनपुरका अध्यक्ष पवन नेपालीले बताए । आफुलाई माथिल्लो जाती ठान्ने पन्तले जातिय छुवाछुत गर्ने नियतिले नै यस्तो हर्कत देखाएकाले गाली गर्नेलाई छोड्न नहुने उनीहरुको भनाई छ । यसका साथै कञ्चनपुरमा दलित समुदायका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले पनि पन्तलाई कार्बाहिको माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्