RaraNews

प्रकाशित : २०७८/२/१४ गते
८८३ पटक

काठमाडौं, १४ जेठ ,अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिनु भएके छ । उहाँले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताउनु भएके हो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताउनु भएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गर्नु भउो । त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह  ८.६ प्रतिशतले बढेको छ । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ ।

सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्