![](https://jagaranonline.com/wp-content/uploads/2021/05/oxygen-rss-pic1620957402-1070x713.jpg)
कोरोनाभाइरस संक्रमित बढेसँगै काठमाडौं उपत्यकाभित्रका अस्पतालहरू संक्रमितले भरिएका छन्।
शय्या अभावमा अस्पताल परिसरमा राखेर पनि बिरामीको उपचार गरिएको छ। अधिकांश ठूला अस्पतालहरूले अब बिरामी भर्ना लिन नसकिने बताउने गरेका छन्।
कोरोना संक्रमित अधिकांश बिरामीलाई अक्सिजनको सहायतामा राख्नुपर्ने हुन्छ। तर मागभन्दा दोब्बर मात्रामा अक्सिजनको आवश्यकता परेपछि अहिले बिरामीले पर्याप्त अक्सिजन पाएका छैनन्।
काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा खालि सिलिन्डर बोकेर बिरामीका आफन्तहरू पालो पर्खेर बसेका देखिन्छन्। यहाँ अक्सिजन भर्न पाइन्छ।
अस्पतालहरू र सरकारले पनि अक्सिजनको जोहो पर्याप्त मात्रामा गर्न नसकेपछि कोरोना संक्रमितका आफन्तले नै अक्सिजनको जोहो गर्नुपरेको छ।
निषेधाज्ञाका बीच अक्सिजनको जोहो गर्न बिरामीका परिवारका सदस्य तथा आफन्तलाई गाह्रो भइरहेको छ।
घन्टौं पालो कुरेपछि अक्सिजन भर्न पाइन्छ। भरेका अक्सिजनका सिलिन्डर अस्पतालसम्म पुर्याउन अनेक दु:ख पनि छँदैछन्।
कोरोना संक्रमित बढेसँगै काठमाडौं र बाहिरका जिल्लामा पनि अक्सिजनको हाहाकार छ।
सरकारले अस्पतालहरूलाई निश्चित कोटा तोकेर अक्सिजन दिन सुरू गरेको छ त्यसले मात्रै पुगेको छैन।
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले अक्सिजनको माग धेरै भए पनि कम मात्रामा मात्रै उपलब्ध हुँदा उपचारमा समस्या भइरहेको बताएका छन्।
हेर्नुस् तस्बिरहरू:
![](https://www.setopati.com/uploads/editor/hello/congress/Pro_Ktm_Oxygen_balaju%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/hello/congress/Pro_Ktm_Oxygen_balaju%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/hello/congress/Pro_Ktm_Oxygen_balaju%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/hello/congress/Pro_Ktm_Oxygen_balaju%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/hello/congress/Pro_Ktm_Oxygen_balaju%285%29.jpg)
सबै तस्बिर: प्रदीपराज वन्त/रासस।
source : setopati.com