RaraNews

प्रकाशित : २०७८/१/२६ गते
६८३ पटक

स्वदेशी वस्तु तथा सोवाको उत्पादनमा सलग्न साना तथा मझौला उद्यमीहरुले आफ्नो व्यवसायलाई कोभिड १९ को महामारीले ठूलो असर गरेको बताएका छन् ।
विश्व स्वच्छ व्यवसायी दिवसको अवसरमा स्वच्छ व्यवसायी समुह एफटिजि नेपालले आयोजना गरेको भर्चियूल कार्यक्रममा उद्यमीहरुले कोभिडको महामारीमा आसाबादी भन्दा वढि निराशाबादी चिन्ता बढाएको बताएका हुन् ।
अहिले स्वदेशी साना हस्तकलाका सामग्रीहरु र वस्तु तथा सेवाको उत्पादनमा बजारको अर्थव्यवस्था समेत धराशयी भएको भन्दै अहिलेको अवस्थामा साना हस्तकलाको व्यवसायमा परेको प्रभाव र घाटा वेहोर्न नसकिने स्वच्छ व्यवसायी समुहमा आवद्ध दर्जनौ उद्यमीहरुले जोड दिएका छन् ।
स्वच्छ व्यवसायी समुहमा आवद्ध उद्यमी चन्द्र प्रसाद कक्षपतिले कोरोनाको पहिलो लहरपछि विस्तारै उठ्दै गरेका साना व्यवसायीहरुलाई पुन कोरोनाको नयाँ भ्यारिण्टको दोस्रो लहरले फेरी थला पारेको बताउनुभयो ।
उहाँले मुलुकभित्र स्वेदशी वस्तु तथा सेवाको उत्पादनका बजार सानो भएको र उपभोत्ताहरु पनि कम भएको अवस्थामा आफ्ना सिमित स्रोत साधनले थेग्न नसकिने भएपछि उद्यमीहरु पलायन हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै स्वच्छ व्यवसायी समुहका अभियन्ता तथा एफ एन सि एस टी संस्थाका अध्यक्ष श्याम गिरीले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकारको आपतकालिन प्रतिकार्य र प्रतिक्रिया प्रयाप्त नभएको उल्लेख गर्नुभयो । उहाँले कोरोना संक्रमितको उपचारमा हस्पिटलमा वेड सेवा, अक्सिजन आईसियू तथा भेण्टिलेसन सेवा प्रवाहको अभावमा सरकारले पूर्ण तयारीका साथ काम नगरेको बताउनुभयो ।
आईम स्वीडिस डेभलोमेन्ट पार्टनर नेपालका लाईभलीहुड कार्यक्रमक व्यवस्थापक केशव दाहालले सबै भन्दा वढि घाटा साना उद्यमी तथा व्यवसायीहरुलाई नै परेको उल्लेख गर्नुभयो । उहाँले यस आपतकालिन अवस्थामा निरावादी सोंच बढिरहेका वेला आसावादी सञ्चारमा डिजटिल सोलुसनको पहुँचलाई जोड दिन सकिने धारणा राख्नुभयो ।
उद्यमी शारदा रिजालले कोरोना महामारीका कारण आफ्ना व्यवसायहरु खोल्न नसकिएकोले यसको क्षति महिला दिदिवहिनीहरुको दैनिक जिविकोपार्जनमा परेको छ भन्नुभयो ।
उहाँले कोभिडको असर कहिलेसम्म रहने भन्ने एकिन नभईसकेको अवस्थामा विमा कार्यक्रमको योजनालाई जोड दिदै संस्था वा व्यवसायलाई सहयोग पुग्ने सरकारको नीति तथा कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै अर्का उद्यमी रामकली खड्काले यतिखेरको अवस्थामा संस्थालाई बचाउन नै ठूला कुरा रहेको बताउनुभयो । उहाँले आफूहरुको अहिलेको क्षमता पनि कमजोर भएको कारण यतिखेरको आपतकालिन अवस्थाम संस्थालाई वचाउन राज्यलाईल नै गुहार्ने हो भन्नुभयो ।
व्यवसायलार्ई वचाउन सहयोग माग्ने हो । वचाउन सकियो भने ऋण तिर्न त सकिन्छ, उहाँले भन्नुभयो, “धेरै महिला दिदि वहिनिहरुको जिवनमा हलचल ल्याएको छ । उहाँहरुको चुलोमा आगो बल्न छोडेको छ ” ।
त्यसैगरी स्वच्छ व्यवसाय समुहमा आवद्ध उद्यमीहरुले सेवा दिनेलाई बचाउन नै ठुलो चुनौती रहेकोले विमा कम्पनीहरुले गरेको विमा सुविधा लिन पनि समस्या भएको बताउनुभयो । उहाँहरुले यसको एडभोकेसी गर्न आवश्यक रहेको र अन्तराष्ट्रिय स्तरमा विमा सविधाको कार्यन्वनको अवस्थाबारे पनि अध्यन गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
स्वच्छ व्यवसायी समुह एफटिजि नेपालका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको यो आपतकालिन अवस्थामा स्वच्छ व्यवसायी समुहमा आवद्ध उद्यमी तथा व्यवसायीलाई टिकाउन , विल्ड व्याक वेटरको मुल एजेण्डालाई स्थापित गर्न लाग्ने बताउनभयो । उहाँले पहिलेको सामान्य अवस्थामा फर्कन र कसरी अझ राम्रो गर्ने भन्ने कुरामा कामगर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
अर्का उद्यमी शान्ता बास्कोटाले अहिले व्यवसायमा काम गर्ने कर्मचारी साथीहरु नै कोभिडले थलिएको अवस्थामा कार्यालय पुर्ण वन्द गरिरहेको र व्यवसायलाई वचाउन गाह्रो परेको अनुभव सुनाउनुभयो ।
कार्यक्रममाल वल्ड टे्रड फेयर अर्गनाजेसनका मिटोस उरगेलले एसियाको तर्फबाट वधाई तथा विश्व स्वच्छ व्यवसायी दिवसको महाअभिानमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपालले तय गरेको सहसताव्दी विकास लक्ष्यका निर्दिष्ट सुचकलाई ध्यानमा राख्दै विल्ड व्याक वेटटरमा अझ राम्रो काम गर्न सकिने विचारा राख्नुभयो ।
भर्चियुल कार्यक्रम गरी मनाईएको विश्व स्वच्छ व्यवसायी समुहको दिवसमा डा. सुनिल चित्रकारले स्वच्छ व्यवसायी समुह तथा उद्यमीहरुले सुरु गरेको व्यवसामा स्वच्छ व्यवसायमा कोभिडले पारेको प्रभावका वारेमा गरिएको अध्यन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रममा स्वच्छ व्यवसायी समुह नेपालले तयार गरेको “Realized Empowerment through Fair Trade” नामको डकुमेण्ट्री पनि देखाइएको थियो ।

https://fb.watch/5nf6vttn5n/

https://fb.watch/5nfi4R16qC/

प्रतिकृया दिनुहोस्