RaraNews

प्रकाशित : २०७८/१/२४ गते
९७२ पटक

बैशाष २४ गते, काठमाडौं ।

मानव अधिकारका लागि महिला, एकल महिला समुह (WHR) फेरी एकचोटी मानबिय सेवामा जुटेको छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समुह (WHR) ले मेडिकल एशोसियसन र बुढानिलकण्ठ नगरपालिका तथा अन्य सहयोगी संस्थाहरुको समन्वयमा कोभिड १९ कोरोना महामारी विरुद्द, विपद्को समयमा विभिन्न तरीकाले अग्रपंत्तिमा खटिएकाहरुको सहयोगका लागि हरेक विपत्तिको साथी (WHR) –छहारी सुरु गरेको हो ।

कोरोना संक्रमितहरुको स्वास्थ्य उपचार सेवा अनवरत तथा अहोरात्र खट्ने स्वास्थ्य कर्मी डाक्टर, नर्स, एम्बुलेन्स तथा शव शाहन ब्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई पकाएको तातो खानेकुरा उपलब्ध गराउने कार्य सुरु  गरेको एकल महिला समुह (WHR ) का अध्यक्ष लिलि थापाले बताउनुभयो ।

उहाँले यही मिति २०७८ बैशाख २६ गते देखि आफूहरुले सुरु गर्दै गरेको यस मानविय सहायता कार्यमा विभिन्न क्षेत्र तथा सामाजिक कार्यमा क्रियाशील सम्बन्धित सबै नागरिक समाजका ब्यक्ति तथा संघसंस्थाहरु र विभिन्न्न दातृनिकायहरुलाई उहाँहरु सबैको साथ र सहयोगका लागि अपिल गर्नुभयो । द्धारा

मानव अधिकारका लागि महिला, एकल महिला समुह ध्ज्च् द्धारा अपिलमा उल्लेख गरिएको छ, “हरेक विपत्तिको साथी (WHR) – छहारी फेरी एकचोटी मानबिय सेवा मा जुटेको छ ” । सरकारी अस्पताल का स्वास्थकर्मीहरु जो चौध दिन सम्म COVID वार्ड मा खटियर घर को तातो खाना बाट बन्चित हुनु हुन्छ, डाक्टर, नर्स, ambulance driver, सरसफाई कर्मचारी, शब ब्यबस्थापन गर्ने कर्मचारीहरु आदि लाई हरेक दिन छहारी ले खाना को सेवा पुराउने भएको छ । साथै बाँके अस्पताल का बिरामीलाई बाँकेका एकल महिला समूहले आबस्यक nutritious खानाको सेवा गर्न सुरु गरेको छ । हाम्रो यस मानविय कार्यमा नागरिक समाजका विभिन्न क्षेत्रमा तथा सामाजिक कार्यमा सम्बन्धित ब्यक्ति तथा संस्थाहरु लगायत विभिन्न्न दातृनिकायहरु समक्ष हामी यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

प्रतिकृया दिनुहोस्