RaraNews

प्रकाशित : २०७८/१/१८ गते
६२७ पटक

बैशाष १८, काठमाडौं ।
नेपाल सरकारले न्यूनत्तम पारिश्रमिक पुनराबलोकन गरी १५ हजार पुर्याउने बताएको छ । श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट वृद्धि गरी १५ हजार पुर्याइने बताइएको हो ।

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसका अवसरमा मुलुकभित्र र बाहिर रहेका श्रमजीवी मजदुरलाई शुभकामना दिदै आर्थिक वर्ष का नाममा २०७८÷७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताउनुभएको छ ।

अहिले श्रमिकको न्यूनत्तम ज्याला मासिक १३ हजार ४५० रहेको छ । भने दैनिक ज्याला ५१७ निर्धारण गरिएको छ ।

कोरोनाको संकट भएपनि यस वर्ष पारिश्रमिक पुनरावलोकन हुन्छ प्रधानमन्त्री शर्मा ओलीले भन्नुभयो, मुलुकभित्र काम गर्ने श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु भइसकेको छ, “ अहिले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेका छन् ” ।

नेपाली सेनामा १६ वर्षको सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यो आर्थिक वर्षमा दुई लाखभन्दा भन्दा बढी बेरोजगारलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’उपलब्ध गराएको पनि उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस्