RaraNews

प्रकाशित : २०७८/१/१८ गते
५७६ पटक

बैशाष १८, काठमाडौं ।
नयाँ प्रजातिको कोरोनाको कहरवीच १३२ औं अन्तराष्ट्रिय दिवस समेत प्रभावित भएको छ । कोरोनाको प्रभाव कम गर्न सरकारले मुलुकभर निशेधाज्ञा जारी गरेका कारण आजको मजदुर दिवस प्रभावित भएको हो ।
यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम गर्न पाएनन् । गत वर्ष पनि मुलुकभर यस्तै वन्दावन्दीका गरिएका कारण मजदुर दिवस मनाइएको थिएन ।

यद्यपी मजदुर दिवसको अवसर सन्दर्भमा विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलका कार्यक्रम गरिएका छन् । मजदुर दिवस ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नारा सहित सन् १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको थियो । अहिले विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट हुँदा मजदुरहरुले आन्दोलन गरेपछि यसको व्यापक दमनमा प्रहरीले गोली चलाउदा सात जना मजदुरको मृत्यु भएको थियो । उत्त आन्दोलनपछि मजदुरले सफलता पाएको दिन मे १ लाई विश्व मजदुर दिवसको रुपमा मनाईन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरिएको थियो । नेपालमा भने विराटनगरमा विसं २००७ सालमा मजदूर आन्दोलनभएपछि यो दिवस मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस्