![](https://jagaranonline.com/wp-content/uploads/2021/04/1598411703_paratayan_mantralaya.jpg)
२०७८ वैशाष ८ गते
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट जागरण मिडिया सेन्टरलाई पुरस्कृत गर्ने भएको छ ।
पुरस्कारका लागि नेपाल सरकारको माननीय मन्त्रिस्तरको निर्णय अनुसार विधागत रुपमा गठित छनौट समितिले सिफारिस गरी, जागरण मिडिया सेन्टरलाई उक्त पुरस्कारबाट पुरिस्कृत गर्ने निर्णय गरेको हो ।
जागरण मिडिया सेन्टर दुई दशक देखी दलित आन्दोलन, सामाजिक न्याय, समानता र लोकतन्त्रका लागि सञ्चार पैरवी गर्दै आईरहेको छ ।
संस्थाले निर्माण गरेको दलन टेलिश्रृखलाको प्रभाव र समाज परिवर्तनमा खेलेको भुमिकालाई सम्मान गर्दै मन्त्रालयले सिप कला शिक्षा साहित्य संस्कृति लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्र तर्फ पुरस्कार प्रदान गरेको जागरण मिडिया सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक रेम विश्वकर्माले बताउनुभयो ।
उहाँले संस्थाले, निर्माण गरेको दलन टेलिश्रृखलाबाट स्वदेश, विदेशमा समेत लोकप्रियता कमाउनुका साथै समाज रुपान्तरणमा पुरयाएको योगदानको उच्च मुल्याँकन गर्दै मन्त्रालयले पुरस्किृत गर्ने भएकोमा खुशी व्यक्त गर्नुभयो ।
२०७८ साल बैशाष ५ गते भएको मन्त्रि स्तरको निर्णय अनुसार, विभिन्न क्षेत्रमा क्रियाशील भई समाज रुपान्तरणको भुमिकामा उच्च योगदान पुर्याउने विभिन्न तह तप्काका व्यत्ति तथा संघ संस्थाहरु २०७७ सालको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट पुरष्किृत हुने भएका छन् ।
यस वर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दलित मुक्ति आन्दोलनको क्षेत्रमा पुरनसिंह दयाल, मानव अधिकार क्षेत्रबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र सिप कला शिक्षा साहित्य संस्कृति लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्र तर्फबाट जागरण मिडिया सेन्टर सम्मानित तथा पुरस्किृत हुदै छन् ।