RaraNews

प्रकाशित : २०७७/१२/१३ गते
६७० पटक


समाजमा रहेका सबै खाले बिभेद विरुद्ध युवाहरु संगठित भएर लाग्नु पर्ने एक कार्यक्रममा बोल्ने युवा अभियान्ताहरुले जोड दिएका छन । ५६ औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवस सन्दर्भमा शुक्रबार काठमाडौ आयोजित कार्यक्रममा युवाहरु परिवर्तनका संवाहक भएकाले समाजमा रहेका कुरिती ,अन्धविश्वा ,विकृति, विसंगति तथा जातीय विभेद विरुद्ध युवाहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन ।

उनीहरुले परिवर्तनको शुरुवात आफैबाट शुरु गर्नुपर्ने भन्दै समाजमा रहेका हानीकारक परम्परा विरुद्धको अगुवाई युवाहरुले गर्नु पर्ने बताएका थिए । त्यस्तै उनीहरुले समाजमा पछाडि पारिएको समुदायहरुले संगठित भएर साझा मुद्धामा संयुक्तरुपमा आवाज उठाउनु पर्ने धारणा राखेका थिए ।

जागरण मिडिया सेन्टर र युथ एड्भोकसी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा फरक फरक क्षेत्रका युवा अभियान्ताहरु दिवाकर उप्रेती , सुनिता बिशुन्खे,अनुज पिटर राई,महेन्द्र थापा,गीता चौधरी,दिपक सोनी लगायतले बिभेदको अनुभव,संर्घष र अबको रणनितीबारे आ आफ्ना धारणा राखेका थिए ।

साथै उनीहरुले जातीय बिभेद विरुद्ध स्थानिय तहबाटै अभियानको थाल्नु पर्ने बताएका थिए । जागरण मिडिया सेन्टरका कोषाध्यक्ष शुशिल दर्नालको स्वागत,महासचिव भीम घिमिरेको धन्यवाद ज्ञापन र कार्यकारी निर्देशक रेम विश्वकर्माको संचालनमा भएको कार्यक्रममा बिभिन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो

प्रतिकृया दिनुहोस्