RaraNews

प्रकाशित : २०७७/१२/११ गते
८८८ पटक

काठमाडौँ, ११ चैत – विभिन्न नागरिक सस्थाहरुको छाता संगठन गैरसरकारी संघ÷संस्था तथा महासंघहरुले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छूवाछूत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । ५६ औँ अन्तर्राष्ट्रि«य जातीभेद तथा रङ्गभेद उन्मूूलन दिवसको अवसर पारी गैरसरकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर, नेपाल पत्रकार महासंघ र शान्तिका लागि साझा अभियान (कोक्याप) लगायतका ३ दर्जन भन्दा वढि विभिन्न गैरसरकारी संस्थाद्धारा आयोजित ‘जातीय छूूूवाछूत तथा भेदभाव अन्त्यका लागि नागरिक समाजको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा छुवाछूत अन्त्य गर्न ऐक्यवद्धता जनाएका हुन् ।


गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामाले दलित अधिकारको लागि सिमान्तकृत समूदायबीच साझा वुभाई निर्माण गर्न एकताको आवश्यकता जरुरी भएको बताउनुभयो ।
दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित प्रावधान बमोजिम समतामूलक समाज निर्माणका लागि सबै प्रकारका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनूभयो । जातिभेद तथा रङ्गभेद उन्मूूलन दिवस २१ मार्च दलितको मात्रै नभई सबै प्रकारका विभेद उन्मुलनको दिवसको सन्दर्भ भएकाले यस दिवसलाई सार्थक तुल्याउन केन्द्रदेखी स्थानीयत तहसम्म विशेष कार्यक्रमको आयोजना गरिनुपर्ने धारणा राख्नुभयो ।
राष्टिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले दलित शब्द आन्दोलनको प्रतिक भएकाले यो शव्दमा अल्झिरहन नपर्ने भन्दै दलित समस्या समाधान गर्न दलितले अहिलेसम्म नेतृत्व लिदै आएको र अवको नेतृत्व गैर दलित समुदायले लिनुपर्नेमा जोड दिनूभयो ।
नेपाल पत्रकार महासंका सचिव रेम विश्वकर्माले राज्यको नीति वनाउने कुरामा वर्षाैदेखी अनवरत संघर्ष गर्दै आएको र संघर्षको पृष्ठभुमीमा प्राप्त अधिकार र उपलब्धीको रक्षा गर्दै विभेद विरुद्ध नयाँ खाल्को वहस र पैरवी गर्न दलित र गैरदलितविचको साझा एलाईन्स बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले अझै पनि राज्यका सबै संरचनामा दलित समुदायको प्रतिनिधित्वको सुनिश्चितता नभएकाले यस विषयमा अझ बढि पहल गर्न नागरीक समाजका अगुवाहरुलाई अनुरोध गर्नुभयो ।


कोक्यापका अध्यक्ष रोश्ना खड्काले विभेदसम्वन्धी भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयन र आवश्यक नयाँ कानुनहरु बनाउन सबैले जोड दिनुपर्ने बताउनु भयो । साथै उहाँले यस्ता विषयमा नागरीक समाजले सरकारसँग मध्यस्तकर्ता सहयोगीको भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
यूथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडाले दलित समूदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सूनिश्चितताका लागि सबै सामाजिक संघ÷संस्था बीच एकताको आश्यकता औँल्याउनूभयो । दलित महिला उत्थान संघका अध्यक्ष पम्फा परियार र दलित महिला केन्द्रका अध्यक्ष गौरा नेपालीले दलित समूदायले भोग्दै आएका समस्या समाधानका लागि दलित र गैरदलित समूदायले संयूक्त रुपमा संघर्ष गर्नूपर्ने धारणा राख्नुभयो भयो ।
यसै विच कार्यक्रममा झण्डै ४० वटा नेपालका विभिन्न नागरिक संगठनहरुको छाता संगठन महासंघले जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि १२ बूँदे साझा प्रतिबद्धता पत्र (२०७७ तयार पारेका छन् ।

प्रतिबद्धता पत्रमा, ‘हामी हाम्रो संस्थामा समावेशी सिद्धान्तको अक्षरस पालन गर्दै जातीय विभेद तथा छुवाछूतजन्य व्यवहार हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछौँ र हामी हाम्रो संस्थाको कार्य क्षेत्रको हरेक गतिविधि तथा क्रियाकलाप समावेशी सिद्धान्त अपनाउँदै जातीय विभेद र छुवाछूत मुक्त बनाउन कार्य योजनासहित गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्ध छौँ ।’ भनिएको छ ।

ती संघ÷संस्थाले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका विद्यमान भएका ऐन÷कानून र नीति कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध हुने जनाउँदै जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार गम्भीर प्रकारका मानवअधिकार हनन उल्लंघनका घटना भएकाले, त्यस्ता प्रवृत्ति रोक्न स्वंयम आफैँ र समाजमा हुन नदिन विशेष पहल गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने ठाउँमा रङ्गभेदी कानुनविरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले गोली चलाउँदा ६९ जना आन्दोलनकारी मारिएका थिए र ६ सय भन्दा बढी प्रर्दशनकारी घाईते भएका थिए । सो दुःखान्त घटनाको सम्झनामा संयुक्त राष्ट्रसङ्घले सन् १९६६ मार्च २१ को दिनलाई रङ्गभेद उन्मुलनको अन्तराष्ट्रिय दिवसको रुपमा घोषणा गरेको थियो । सोही दिनलाई विश्व रङ्गभेद दिवसको रुपमा मनाईदै आइएको थियो भने नेपालमा यो दिनलाई जातिभेद तथा उन्मुलन दिवसको रुपमा मनाउने गरिएको छ ।
त्यसैगरी संयुक्त राष्टसंघीय सहासभाले २१ डिसेम्बर १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धि पारित गरि गरेको थियो भने उक्त महासन्धीमा नेपालले पनि हस्ताक्षर गरिसकेको छ । यो ४ जनवरी १९६९ देखि लागु भएको थियो ।

प्रतिकृया दिनुहोस्