RaraNews

प्रकाशित : २०७७/१२/४ गते
५९७ पटक

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नु भएको छ ।

संग्रौलाले केहि दिन अघि जागरण मिडिया सेन्टरले उत्पादन गर्ने साप्ताहिक कार्यक्रम “कट्वाल रेडियो पत्रिका”संग कुराकानी गर्दै बैदेशिक रोजगारमा रहेका श्रमिकहरुको सवाल आफुले सार्वजनिक महत्वको प्रस्ताव लैजाने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रस्तावमा कोरोना महामारीका कारण नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएको विषयमा छलफल हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै विदेशमा रोजगारी गुमाएका र स्वदेश फर्किएकाको तथ्यांक पनि माग गर्ने बताइएको छ ।

सांसद संग्रौला प्रस्तावक, देव प्रसाद तिमिल्सिना र रंगमती शाहीको समर्थन रहेको सार्बजनिक महत्वको प्रस्तावमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई सरकारबाट भएको सहयोग बारे जानकारी माग गर्ने, वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै बेरोजगार भएका व्यक्तिहरुलाई सरकारले दिएको राहत र सहयोगको बारेमा जानकारी माग गर्ने जनाईएको छ ।

सांसद सग्रौला नै प्रस्तावक रहेको अर्को प्रस्ताव महिलामाथि हुने गरेका बलात्कार र हिँसाका घटना सम्बन्धि ध्यानाकर्षण प्रस्ताव समेत दर्ता भएको छ । जसमा लक्ष्मी परियार र प्रमिला राईले समर्थन गरेका छन् ।

त्यस्तै सांसद संग्रौला प्रस्तावक रहेको महिला हिंसा सम्बधि संकल्प प्रस्ताव समेत संसद सचिवालयमा दर्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस्