RaraNews

प्रकाशित : २०७७/१२/२ गते
८५८ पटक

राष्ट्रिय दलित पत्रकार संघ नेपालको २८ र २९ गते बुटवलमा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट दलित आन्दोलनका अग्रज, संविधानसभा सदस्य तथा वरिष्ठ पत्रकार विनोद पहाडीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, खुल्ला उपाध्यक्षमा मिलन परियार, महिला उपाध्यक्षमा कमला रसाईली, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान (प्रदेश २), बुद्धि विश्वकर्मा (बागमती प्रदेश), दीपक परियार (गण्डकी प्रदेश), विनोद परियार (लुम्बिनी प्रदेश), टेकेन्द्र विश्वकर्मा ( कर्णाली प्रदेश) र करन ताम्राकार (सुदूरपश्चिम) रहनुभएको छ । त्यसैगरी महाधिवेसनले महासचिवमा लक्ष्मण दर्नाल संगै सचिवहरुमा सन्तोष गन्धर्व, बिरु नेपाली र रीता बुढाथोकीलाई चयन गरेको छ । कोषाध्यक्ष पदमा भीमबहादुर घिमिरे रहनुभएको छ ।

समितिको केन्द्रीय सदस्यहरुमा खुल्ला तर्फ किसान संगीत नेपाली, अमर सुनार, प्रेम सुनार, सरिता बराइली, मानसिङ बिक, सञ्जय सौगात, राधेश्याम बिक, प्रमिण गजमेर, पीवी दियाली, फुलु सुनार, राजेश सुनाम, वसन्त बिक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले र वसन्त बिश्वकर्मा चयन भएका हुनुहुन्छ । त्यसैगरी महिला सदस्यमा पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गजमेर र मालती विक हुनुहुन्छ । महाधिवेशनले मधु शाहीको नेतृत्वमा अनुशासन समिति पनि गठन गरेको छ । नवनिर्वाचित अध्यक्ष पहाडी संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।

महाधिवेशनले १३ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ । देशभर एक वडा एक दलित पत्रकार बनाउने, देशैभरी छरिएरु दलित पत्रकारलाई समावेश राष्ट्रिय दलित पत्रकार संघमा आवद्ध गर्ने, दलित समुदायका मुद्दा प्रकाशन तथा प्रसारणका लागि सम्बन्धित सञ्चार माध्यमका सम्पादकसँग छलफल र समन्वय गर्ने, दलितमैत्री वातावरण सिर्जना गर्ने, दलित समुदायको सामाजिक न्याय, समानता, समावेशीता तथा लोकतन्त्रको सुनिश्चितता र सबै प्रकारका विभेदको अन्त्यका लागि विशेष पहल गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लगाएतका महत्वपुर्ण वँुदाहरु घोषणा पत्रमा उल्लेख गरिएका छन् । यसका आसन्न पत्रकार महासंघको निर्वाचनमा महासंघले छुट्याएको दलित तथा समावेशी कोटामा महासंघमा आबद्ध दलित पत्रकारहरुलाई प्रजातान्त्रिक तथा वामपन्थी नामका विभिन्न प्यानलहरुमा विभक्त नहुने गरी पत्रकार महासंघले यो संघको सिफारिसमा पठाइएका साझा आधिकारिक उम्मेदवारलाई उठाउने सुनिश्चितताको लागि लागि समेत पहल गर्न माग गरेको छ ।
घोषणापत्रमा दलित समुदायको सञ्चारमाध्यमलाई राज्यले गर्ने वर्गिकरणमा विभेद रहित मूल्यांकनका लागि पहल गर्ने उल्लेख गरिएको छ । यसैगरि नेपाल पत्रकार महासंघमा दलित पत्रकारहरुको सदस्यता वृद्धिका लागि पहल गर्ने, र महासंघको केन्द्र, प्रदेश, जिल्लामा पूर्ण समावेशीताको लागि पहल गर्ने, दलित समुदायका पत्रकारलाई योग्यता क्षमताका आधारमा विभिन्न सरकारी तथा निजी सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा पु¥याउनका लागि पहल गर्ने, सञ्चार गृहमा पूर्ण समावेशी सहभागिताका साथै दलित मैत्री वातावरण बनाउन पहल गर्ने पनि भनिएको छ ।
संघले वुटवलमा आयोजना गरेको प्रथम महाधिवेसनको उदघाटन समारोहमा प्रमुख अतिथि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, अतिथिहरुमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रमुख सचेतक वालकृष्ण खाँड, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधी शभाका सांसद माननिय दुर्गा पौडेल, माननिय, कमालादेवी विश्वकर्मा, पशुराम रम्तेल, दिपा विक, संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा, दलित अधिकारकर्मीहरु गणेश विके, दुर्गा सोब, मोतीलाल नेपाली, लगाएत केन्द्रिय राजनीतिक दलका नेताहरुसँगै मानवअधिकार शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल, नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्मा, तथा नेतृहरुको उपस्थिति रहेको थियो ।

महाधिवेशनको उदघाटनसत्रमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सैजुवाल र बृजलाल वरपासवान, देवब्रत परियार स्मृति राशि पुरस्कार मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार २०७७ बाट विष्णु निष्ठुरी र पर्शु सवरी पत्रकारिता पुरस्कार २०७७ बाट मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कारबाट प्रेम सुनार पुरस्कृत गरिएको छ । त्यसैगरी दलित समुदायबाट नेपाल सरकार सचिव पदमा पुग्नुभएका डा. मान वहादुर विश्वकर्मा, दलित अधिकारकर्मी रणेन्द्र वराईली, मोतीलाल नेपाली, र चक्रमान विश्वकर्मा, लोक दोहरी कलाकारहरु राजु परियार, पुर्णकला विसी, सुनितामी परियार, लगाएत सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

महाधिवेशनका लागि देशभरका ६५ वटा भन्दा बढि जिल्लाबाट दलित समुदायका करिब ४०० जना दलित पत्रकारहरु सहभागी भएका थिए । महाधिवेशनको उदघाटन सत्रपछि वन्दसेसन अघि विभिन्न चरणमा सञ्चारमा दलित समावेसीता, सञ्चारमा दलित महिला, लगाएतका विषयमा छलफल गरिएको थियो भने दलित समुदायका कलालकार राजुपरियार, पुर्णकला विसि, सुनितामी परियार लगाएतले सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन गराएका थिए । महाधविशेनको पुर्व सन्ध्यामा वुटवलको पुस्पलालचोकबाट प्रभातफेरी र्याली सुरु गरीएको थियो । वुटवल सैना मैनाको पञ्चेवाजासमुहले र्यालीलाई रमाईलो बनाएको थियो ।

प्रतिकृया दिनुहोस्