RaraNews

प्रकाशित : २०७७/११/२५ गते
८१४ पटक

एसिडपीडित मुस्कान खातुनले प्रतिष्ठित अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी)बाट अवार्ड पाउनु भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सोमबार बेलुका अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिंकनको ‘भर्चुअल’ सहभागितामा उहाँले काठमाडौंमै अवार्ड पाउनु भएको हो ।

यो पुरस्कार एकदमै ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानवअधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाले प्राप्त गर्ने पुरस्कार हो । र अमेरिकी विदेश मन्त्रालयले १४ वर्षदेखि यो अवार्ड दिदै आएको छ ।

मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली र सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुनुहुन्छ ।
अवार्ड पाउनु भन्दा पहिले मुस्कानले एसिडले आफ्नो अनुहारमा वनेको दागकै कारण आफू विश्वमा चिनिएको र यो पुरस्कारले आफुलाई अझ बलियो बनाएको बताउनु भयो ।

यो कुनै ठुलो कुरा हैन तर यस्ता दाग अव कदापी अरु महिला तथा किशोरीमा पर्न नदिन आफुले थप कदम उठाउन प्रात्साहन मिलेको उहाँको धारणा छ । उहाँले आफनो सुन्दरतामा दाग कुनै महत्त्वपूर्ण नभई सपना ठूलो कुरो भएको वताउदै सपनामाथी कहिले दाग लाग्न नदिने प्रण गर्नुभयो । अर्थात आफ्नो सपना मर्न नदिन र आगामी दिनमा एसिड आक्रमण हुन नदिन तथा महिलामाथि हुने हरेक हिंसा र अपराधविरुद्ध आवाज उठाई घर, समाज र राष्ट्रको हितमा लागि पर्ने बताउनु भयो।

त्यस्तै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले मुस्कान खातुनलाई प्रदान गरिएको विश्वको प्रतिष्ठित पुरस्कारले महिला, बालबालिकाहरूको हिंसाको प्रतिकारका लागि ससत्त आवाज उठाउन थप उत्साह जगाउने बताउनु भयो। नेपालमा लामो समयदेखि एसिड आक्रमणको डरलाग्दो अभ्यासलाई मेटाउन नेपाल सरकारले सम्बोधन गरेको र सबैका लागि प्रेरणा भएको धारणा राख्दै ‘नेपालका लागि यो महिला, बालबालिका र संसारभरका सबैका लागि मुस्कानबाट प्रेरित हुने र अन्यायविरुद्ध उठ्न महत्त्वपूर्ण समय हो,’ उहाँले भन्नुभयो, ‘अमेरिकाको यो विश्वास छ कि साहसी महिलाहरूले संसारलाई असल प्रेरणा दिने काम गर्छन् ।’

१५ वर्षको छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा डेढ वर्षअघि मुस्कानमाथि एसिड आक्रमण भएको थियो । एसिड आक्रमणपछि अनुहार, छाती र हातमा गहिरो चोट लागेर उनी त्यसको उपचारपछि निरन्तर पीडितको घाउचोट निको पार्न र दोषीको अपराधीक मानसिकता सजाय दिलाउननुपर्ने अभियानमा लाग्नुभएको थियो।

प्रतिकृया दिनुहोस्