RaraNews

प्रकाशित : २०७७/११/२१ गते
१०८९ पटक

पटक पटक आन्दोलन गर्न बाध्य वादी समुदायले ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना दिदै आएका कर्णालीका बादी समुदायले १२ दिनदेखी आन्दोलनरत गर्दा पनि आफ्ना मागहरुप्रति सरकार गम्भिर नभएको भन्दै ‘निर्वस्त्र’ आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

शान्तिपुर्ण आन्दोलनरत बादी समुदायलाई आफ्नो अधिकार माग्दा सरकारले लाठी हानेको र आफ्ना मागहरुलाई निस्तेज पार्ने कोशिष गरेको वादी अधिकारकर्मीहरुले बताएका छन् ।

खुला आकाशमुनि भोक प्यास र अभाव र विभिन्न समस्याका वावजुद सरकारलाई आफ्ना माग र अधिकारलाई सुनुवाई नभएसम्म आन्दोलन नछोड्ने उनीहरुको अडान छ ।

परम्परादेखी माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्दै आएका वादी सममुदायको आफ्ना परम्परागत पेशा र काम संकटमा पर्दै आएको छ ।

अधिकाँश वादी समुदाय गरी खाने जग्गा र मजदुरी गर्ने ठाउँ नभएपछि मागी खान पनि नसक्ने भएका छन् ।
अहिले कर्णाली प्रदेशको मुख्य मन्त्रि कार्यालय अगाडी बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरी महिलासहित चार सय जना भन्दा बढी वादी समुदाय धर्ना गरिरहेका छन् ।

सरकारले जग्गा दिए सीपमूलक काम गरेर आफ्ना गुजारा गर्ने वादी समुदायले बताएका छन् ।
प्रदेश सरकारले राउटेलाई जग्गा दिन तयार भएको तर बादीलाई एक इन्च जमिन दिन नखोजेको वादी आन्दोलनका अगुवा हिक्मत वादीले बताए ।

प्रतिकृया दिनुहोस्