RaraNews

प्रकाशित : २०७७/११/१४ गते
९६३ पटक

महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं हालका शिक्षक नेत्र बहादुर रम्तेलमाथि विद्यालयमै जातीय आधारमा गाली गलौज र आक्रमण भएको छ ।

स्थानीय मनिष अर्यालले विद्यालयमै प्रवेश गरेर शिक्षक रम्तेललाई दुव्र्यहार गर्दै कुटपीट गरेको बताइएको छ । शिक्षक कुट्ने आरोपी अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी बीरेन्द्र थापाले जानकारी दिनुभयो ।

बिद्यालय जस्तो सार्वजनिक स्थलमा नै रम्तेल माथी दुव्र्यवहार भएको हो । दलितको छोरो हेडमास्टर भएको भन्दै जातीय आधारमा गाली गर्दै ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेलले बताउनु भयो । उहाँलाई टाउकोमा मुक्का प्रहार गर्दै शरिरमा लगाएको कपडा समेत च्याति दिएको रम्तेलका भतिजा किरण रम्तेलले जानकारी दिनुभयो ।

अराजक ब्यक्तिले गुण्डागर्दी शैलीमा शिक्षक माथि अभद्र व्यवहारका साथै हातपात भएको र दोषीलाई कारवाही हुनुपर्ने भन्दै शिक्षक संगठन तथा दलित अधिकारकर्मीहरुल माग गरेका छन ।

प्रतिकृया दिनुहोस्