RaraNews

प्रकाशित : २०७७/११/११ गते
१४३९ पटक

काठमाडौं, फागुन ११

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त हुनु भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा डा. विश्वकर्मा नियुक्त हुनुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार संविधानको धारा २८२ बमोजिम डा. विश्वकर्मालाई नियुक्त गरिएको हो ।

दलित समुदायका तर्फबाट तेस्रो राजदुत बन्नुभएका डा. विश्वकर्माले २०४२÷०४३ सालतिरबाट राजनीति सुरु गर्नुभएको थियो । विद्यार्थी आन्दोलनदेखी सक्रिय हुदै आउनुर्भएका डा. विश्वकर्मा २०५१ सालमा पोखरास्थित केन्द्रीय वन क्याम्पसमा स्ववियु सचिव समेत बन्नुभएको थियो ।

डा. निर्मल विश्वकर्मा काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयूक्त) फुड मुभमेन्टमा पिएचडी गर्नु भएको छ ।

उहाँ लामोसमयदेखी दलित आन्दोलनमा पनि सक्रिय हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्