RaraNews

प्रकाशित : २०७७/११/६ गते
१०६५ पटक

प्रदेश नं.२ को बिहीबार बसेको मन्त्री परिषद्को बैठकले दलित विकास समितिका पदाधिकारी नियुक्त गरेको छ । समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ । त्यस्तै सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको हो । समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री रहने व्यवस्था रहेको छ ।

नियुक्त भएकाहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने बताएका छन । दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित समुदायले गुनासो गर्दै आएका थिए ।


पछिल्लो समय प्रदेश नं.२ मा जातिय बिभेद तथा छुवाछुतका घटनाहरुमा बृद्धि भैरहेकाले दलित विकास समितिमा पदाधिकारी नियक्ती भएसंगै जातिय बिभेद तथा छुवाछुतका घटनाहरुमा कमि आउने दलित समुदायले आशा गरेका छन ।

प्रतिकृया दिनुहोस्