RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/३ गते
१२७३ पटक

युट्युब बिजनेस गर्दै हुनुहुन्छ अथवा गर्ने बिचारमा हुनुहुन्छ ? उसो भए अब तपाइले सोचे भन्दा बढी मिहिनेत गर्नुपर्ने भएको छ । हिजो सम्म युट्युबमा जसरी आम्दानी हुन्थ्यो आजदेखि अलि बढी मिहिनेत गर्नुपर्ने भएको हो । गुगलले आजबाट युट्युब पार्टनर प्रोग्राममा केहि कडा नियम ल्याएको छ । नयाँ नियम अनुसार गुगलले केहि थ्रेसहोल्ड कायम गर्दै नयाँ नियम सार्बजनिक गरेको हो ।

नयाँ नियम अनुसार अब कुनै पनि युट्युब च्यानलमा १ हजार सब्सक्राईबर्स नभई उक्त च्यानल मोनेटाईज गर्न योग्य हुदैन अर्थात् त्यसमा एड आउदैन । एड नै नआएपछि पैसा आउने कुरै भएन । यस अघि कुनै पनि च्यानलमा १० हजार भ्युज भएपछि उक्त च्यानल मोनेटाईजेसनको लागि योग्य हुन्थ्यो । तर अब १० हजार भ्युजसंगै १ हजार सब्सक्राईबर्स पनि बनाउनु पर्ने भएको छ ।

यो भन्दा पनि कडा नियमको रुपमा हेरिएको छ १२ महिनामा ४ हजार घण्टाको भ्युज । अर्थात् च्यानल मोनेटाईजेसनको लागि योग्य हुन अब पछिल्लो १२ महिनामा उक्त च्यानलबाट कम्तिमा ४ हजार घण्टा भिडियो हेरिएको हुनुपर्नेछ । जुन औसतमा दैनिक १० घण्टा भन्दा पनि बढी हो । यदि पछिल्लो १ बर्षमा कसैको च्यानलमा ४ हजार घण्टा भ्युज छैन भने उक्त च्यानल मोनेटाईज हुदैन ।

साथै अब च्यानल खोलेपछि मोनेटाईजको लागि योग्य हुन कम्तिमा ४ घण्टा भ्युज हुने समयसम्म पनि पर्खनुपर्ने भएको छ । गुगलले ४ हजार घण्टा भएपछि योग्य हुन्छ वा १२ महिना पर्खनुपर्छ त्यो भने स्पष्ट पारेको छैन । यी नियमहरु अब बन्ने च्यानलहरुका लागि हुन् र यी नियमहरु आजकै मितिबाट लागु भईसकेका छन् । यस अघि मोनिटाईज भईरहेका च्यानलको सन्दर्भमा के हुन्छ ?

यी नियम यस अघि मोनेटाईज भईरहेका च्यानललाई पनि लागु हुन्छ । तर यी थ्रेस होल्डसम्म पुग्न अहिले भईरहेका च्यानललाई गुगलले ३० दिनको समय सिमा तोकेको छ । गुगलले यसको लागि आगामी फेब्रुवरी २० तरिका सम्मको समय सिमा तोकेको छ । त्यस दिनसम्म अहिले पैसा कमाईराहेका च्यानलले पैसा कमाउन सक्छन । तर त्यस दिनसम्म ति च्यानलले १ हजार सब्सक्राईबर्स पुर्याई सक्नुपर्ने छ ।

साथै पछिल्लो १२ महिनाको कुल भ्युज पनि ४ हजार घण्टा पुगेको हुनुपर्ने छ । अन्यथा फेब्रुअरी २० पछि अहिले पैसा कमाईरहेका च्यानलले पनि पैसा कमाउने सक्ने छैनन् ।

साभार- इमान्दार

प्रतिकृया दिनुहोस्