RaraNews

प्रकाशित : २०७७/८/१४ गते
८५४ पटक

पूर्ववाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा ३६ दिनको उपचारपछि आइतबार डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमित विश्वकर्मालाई एक हप्ता भेन्टिलेटर र तीन हप्ता आइसियूमा राखेर उपचार गरिएको उनका स्वकीय सचिव टेकबहादुर विश्वकर्माले जानकारी दिए ।

कोरोना नेगेटिभ आएपछि पनि निमोनिया निको नभएपछि उनलाई लामो समय उपचार गर्नुपरेको हो ।

कात्तिक पहिलो साता कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा उनी घरैमा आइसोलेसनमा बसेका थिए । औषधी खाँदा पनि ज्वरो नओर्लिने, खोकी लागिरहने र गाह्रो हुने जस्ता समस्याले सताएपछि उनलाई कात्तिक ९ गते वीर अस्पतालमा भर्ना गरिएको थियो ।

विश्वकर्मालाई निमोनियाले झन्झन् गाल्दै लगेपछि केही दिनमै वीरबाट ग्रान्डी सारिएको थियो । ग्रान्डीमा उनलाई भेन्टिलेटर र आइसियूमा राखेर उपचार गरिएको टेकबहादुरले जानकारी दिए । त्यसपछिको एक हप्ता ग्रान्डीकै जनरल वार्डमा बसेर आइतबार साँझ डिस्चार्ज भएका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको तर्फबाट संघीय सांसद समेत रहेका विश्वकर्माको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिकृया दिनुहोस्