RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/२ गते
१०४० पटक

कमलेश मण्डल, महोत्तरी
आइबार पनि घाम नझुल्केपछि जलेश्वर नगरपालिका–२ का ५५ वर्षीय राजेन्द्र डोम निराश भए । चार वर्षीय डोम जाडोले थुरथुर काँपिरहेको हेरिरहेका थिए । पाँच वर्षीया नातिनीको अवस्था पनि उस्तै थियो । झन्डै ३० वर्षअघि जलेश्वरको ऐलानी जग्गामा बसोवास गर्दै आएका उनले बाध्य भएर रातिको खाना पकाउन संकलन गरेर राखेका पात र दाउरा सल्काए । बल्ल तिनै जनालाई राहत भयो । जाडोको अस्थायी समाधान भए पनि राति खाना कसरी पकाउने भन्ने अर्को चिन्ता व्याप्त थियो डुम परिवारमा ।
वर्षाको बेला भत्केको घरको सट्टा बनाएको नयाँ फुसको घरमा लिपपोतसमेत नगरिएको कारण हावा छेकिन्न । घरमा ढोकासमेत छैन् । बाहिरको हावा जस्ताको तस्तै घरमा छिर्छ । डुम परिवार फुसकै भए पनि छानामुनि सुत्न भ्याएको छ । डुम समुदायमा सरसफाईको ज्ञान पनि छैन्
साभारः राजधानी

प्रतिकृया दिनुहोस्