RaraNews

प्रकाशित : २०७७/८/९ गते
१०२३ पटक

अहिले कारोना महामारीको प्रभावलाई जित्न सबै खाल्का काम कारवायी सुरु भएका छन् । मानव जीवनका सम्पुर्ण आधारभुत कुराहरुमा कोरोना कहर र वन्दावन्दिले अस्तव्यस्त भएपछि यसको भार थेग्न गाह्रो भएपछि कोरोनाको डर त्रास र भय कम हुदै गएको छ ।
सुरक्षा र सावधानीका सम्पुर्ण मापदण्ड पुरा गरी मानव जिवनका अत्यावश्यक कुरा किराना पसल होटल व्यवसाय, यातायत, पेशा व्यवसाय, अफिस कार्यालय लगाएतका सबै सम्पुर्ण काम कारवायी सुरु गरिएका छन् ।
यसै विच कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा समेत भौतिक उपस्थितिमा शुरु भएको छ । मान जिवनको स्वास्थ्यप्रति संवेदनशीलता कायम गर्दै, मास्क स्यानिटाईजरको प्रयोग तथा हुँदै भौतिक दूरी कायम गरेर परीक्षा सञ्चालन गरिएको हो ।
गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो । आज मंसीर ९ गतेबाट सुरु गरिएको कक्षा १२ को परिक्षा मङ्सिर १६ गते सकिने छ ।

प्रतिकृया दिनुहोस्