RaraNews

प्रकाशित : २०७७/८/५ गते
८१९ पटक

कोरोना भाईरसका कारण आज मात्रै २२ जनाले गुमाएका छन् । विगत २४ घण्टामा कोरोनाबाट २२ जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
त्यसैगरी विगत २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरि १०,३४१ जनाको परीक्षण गर्दा १,९४५ जनालाई सङ्क्रमण पुष्टि भएको हो । शुक्रवार परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

काठमाण्डू उपत्यकाको परीक्षणमा अत्यधिक सङ्क्रमित भेटिएपछि स्वास्थ्य विज्ञहरुले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।
शुक्रवारसम्म नेपालमा १,२९८ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । त्यसैगरी २ लाख १६ हजार ९ सय ६५ जना संक्रमित भएका छन् । तीमध्ये एक लाखभन्दा बढी संक्रमित काठमाण्डू उपत्यकाका छन् ।

त्यसैगरी देशभरीमा पुष्टि भएका कुल संख्यामध्ये २४,६६५ जना सक्रिय सङ्क्रमितहरु हुन् ।

प्रतिकृया दिनुहोस्