RaraNews

प्रकाशित : २०७७/८/५ गते
९९९ पटक

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा एन्टिभाइरस औषधि रेमडेसिभिरको प्रयोग नगर्न सुझाव दिएको छ । डब्ल्यूएचओको एक्सपर्ट प्यानलले यो औषधिले संक्रमितको अवस्थामा सुधार भएको कुनै प्रमाण नभेटिएकाले गम्भीर बिरामीमा पनि यो औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।

डब्ल्यूएचओको गाइडलाइन डेभलपमेन्ट ग्रुपका अनुसार चारओटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा गरिएको परीक्षणमा रेमडेसिभिरको प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएको हो । डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा रेमडेसिभिरको प्रयोगको असर मृत्युदर, बिरामीको अवस्था र क्लिनिकल सुधारमासमेत अर्थपूर्ण प्रभाव नदेखिएको उल्लेख छ । यसअघि गत अक्टोबरमा डब्ल्यूएचओले रेमडेसिभिरको प्रयोगले संक्रमित निको हुने समयमा खासै केही फरक नपाइएको बताएको थियो ।

स्रोत : अलजाजिरा/ अनलाईनखबर

प्रतिकृया दिनुहोस्