RaraNews

प्रकाशित : २०७७/८/४ गते
८४३ पटक

काठमाडौँ — (कोभिड(१९) कोरोना भाइरसका कारण संक्रमित हुनुभएका कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको सम्पुर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकबाट विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय भएको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले बताउनु भएको हो ।
युवा तथा खेलकूदमन्त्री विश्वकर्माले मन्त्रिपरिषद्को बैठकले कांग्रेस सांसद विश्वकर्माको सम्पूर्ण उपचार खर्च बेहोर्ने भनि औपचारिक रूपमा निर्णय गरेको बताउनु भयो ।
संक्रमित सांसद विश्वकर्माको अहिले काठमाडौं स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सुरुमा श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ८ गते उहाँलाई वीर अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था नाजुक हूदै गएपछि कात्तिक १२ गते फेरी सांसद विश्वकर्मालाई ग्रान्डी अस्पताल पुर्याइ भेन्टिलेटरमा राखि उपचार गरिएको थियो । ६ दिनको भेन्टिलेटर सहितको उपचार गरिए पछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार भर्ईरहेको छ । सुरुमा विश्वकर्माको थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर नेपालमै भेटिण्लेटरमै उपचार सम्भव भएकाले विदेश लगिएको थिएन ।

प्रतिकृया दिनुहोस्