RaraNews

प्रकाशित : २०७७/७/२७ गते
१०३७ पटक

धनगढी-सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले आयोजना गरेको एक कार्यक्रमकाबीच राष्ट्रिय बादी युवा संजाल गठन गरिएको छ ।

“सामाजिक न्याय र आत्म सम्मान बादी युवाहरुको सामुहिक अभियान” भन्ने मूलनाराका साथ विभिन्न संघ,संस्थाहरुको समन्वयमा कमिट नेपालले बाँकेको नेपालगंजमा आयोजना गरेको कार्यक्रममा हन्नाह (देविसरा) बादीको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय बादी युवा संजाल गठन गरिएको हो ।

विभिन्न जिल्लामा वसोबास गर्ने बादी समुदायका युवाहरुको भेलाबाट राष्ट्रियस्तरको संजाल गठन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

तदर्थ समितिका अन्य पदाधिकारीहरुमा पवित्रा नेपाली उपाध्यक्ष सुर्खेत,सुरेश नेपाली महासचिव जाजरकोट,सुरज नेपाली कोषाध्यक्ष बाँके,पुष्कर बादी सचिव कैलाली,सरस्वती नेपाली सहसचिव बाँके रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा विकास नेपाली दाड,विवेक नेपाली बर्दिया,सिता नेपाली सुर्खेत,सुशिल नेपाली बाँके,अर्जुन नेपाली बाँके,बबिता नेपाली बाँके,कल्पना बादी दैलेख,सम्झना नेपाली सुर्खेत,दीपक नेपाली जाजरकोट,अभिषेक नेपाली बाँके रहेका छन् ।

बादी समुदायको हक अधिकार, न्याय र आत्म सम्मान प्राप्तीका लागी बादी समुदायका युवाहरुलाई सशक्त बनाई परिचालन गर्ने संजालको उदेश्य रहेको कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपाली बताए ।

Source : Katwal Khabar

प्रतिकृया दिनुहोस्