RaraNews

प्रकाशित : २०७७/७/२४ गते
११०२ पटक

काठमाडौँ । सुरज बिश्वकर्माको रचना एवं संगीत र नेपाल आइडल सिजन—२ का उपविजेता विक्रम बरालको स्वरमा ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा संगीत संयोजन भने विनोद रसाइलीले गर्नु भएको रचनाकार सुरज बिश्वकर्माले जानकारी दिनु भयो । परदेशीको पीडा र वेदना समेटिएको गीत परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता समस्याहरुलाई गीतमा समेटिएको छ । युवा पुस्ताका परदेशीका दुःखलाई गीतमा उहाँ मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिदै आउनु भएको छ । पोखरा घर भई लामो समयदेखि मकाउलाई कर्मथलो बनाएरका सर्जक विश्वकर्माको यो तेस्रो प्रस्तुति हो । यसअघि उहाँले ‘विस्तारै विस्तारै’ र ‘तिम्रो मन’ जस्ता सदावहार गीतहरु कर्णदासको स्वरमा सार्वजनिक गरिसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्