RaraNews

प्रकाशित : २०७७/७/१९ गते
९८२ पटक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, पूर्व बाणिज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्मा कोभिड १९ का कारण गम्भीर बिरामी भएकाले नेता तथा संघसस्थाले शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा नेपाल सरकारको ध्यानार्कष गराएका छन । उनीहरुले बिज्ञप्ती मार्फत उहाँको उपचारमा कुनै कसर बाँकी नराखी उच्चस्तरको सर्तकतासहित उपचार गर्न तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने व्यवस्था गर्न नेपाल सरकार समक्ष अनुरोध गरेका छन । विश्वकर्मा काठमाडौंस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा विगत ४ दिनदेखि भ्याण्टीलेटर उपचाररत हुनुहन्छ । नेपालको दलित आन्दोलनका बरिष्ठ नेता मीन विश्वकर्मा मंगलबार कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने स्वास्थ्यमा क्रमिक सुधार आएको छ । विश्वकर्माको गत शनिबार अपरान्हदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रेस विज्ञप्ति
मिति : २०७७ कार्तिक १८ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिका सदस्य, पूर्व बाणिज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय मीन विश्वकर्मा विगत केही दिनदेखि कोभिड १९ को संक्रमणबाट गम्भीर विरामी भई काठमाडौंस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा विगत ४ दिनदेखि भ्याण्टीलेटरमा राखेर उपचार भइरहेको छ । उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । नेपालको दलित आन्दोलनका बरिष्ठ नेता मीन विश्वकर्माको उपचारको लागि कुनै कसर बाँकी नराखी उच्चस्तरको सर्तकतासहित उपचार गर्न तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने व्यवस्था गर्न नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।
हस्ताक्षरकर्ताहरु :
१. दलजीत श्रीपाइली : संविधानसभा सदस्य
२. जीतु गौतम :संविधानसभा सदस्य
३. खड्ग बस्याल : संविधानसभा सदस्य
४. अन्जना विशंखे : प्रतिनीधि सभा सदस्य
५. जीवन परियार : संविधानसभा सदस्य
६. परशुराम रम्तेल : संविधान सभा सदस्य
७. गणेश विश्वकर्मा :अध्यक्ष, राष्टिय दलित नेटवर्क
८. रणेन्द्र बराली : अध्यक्ष, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान
९. विनोद पहाडी : संविधानसभा सदस्य
१०. लक्ष्मी परियार : प्रतिनीधि सभा सदस्य
११. सुजता परियार : प्रतिनीधि सभा सदस्य
१२. विमला नेपाली : प्रतिनीधि सभा सदस्य
१३. पार्वती विशुंके :प्रतिनीधि सभा सदस्य
१४. प्रकाश स्नेही : प्रतिनीधि सभा सदस्य
१५. डा. बुद्धि नेपाली :कार्यकारी निर्देशक दलित विकास समिति
१६. भक्त विश्वकर्मा : कावा अध्यक्ष दलित गैसस महासंघ
१७. मोतीलाल नेपाली : दलित नागरिक समाज
१८. गौरा नेपाली : अध्यक्ष, दलित महिला केन्द्र, नेपाल
१९. रेम विश्वकर्मा : कार्यकारी निर्देशक, जागरण मिडिया सेण्टर
२०. त्रिलोकचन्द विश्वास विकः अध्यक्ष, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ
२१. राजन विश्वकर्मा : अध्यक्ष, नेपाल दलित महिला उत्थान केन्द्र

प्रतिकृया दिनुहोस्