RaraNews

प्रकाशित : २०७७/६/३० गते
९२३ पटक

काम गर्ने अबसर र काम गर्न सक्छु भन्ने आत्मविश्वास हुने हो भने युवा महिलाहरुले हरेक क्षेत्रमा अब्बल नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कटुवाल रेडियो पत्रिकासंगको छलफलमा बोल्दै रसुवा नौकुन्ड गाउंपालीका उपाध्यक्ष सिर्जना लामा,सामुदायिक रेडियो कपिलबस्तु स्टेसन म्यानेजर सोना खटिक,सोचाई संस्था कि प्रमुख कार्याकारी अधिकृत तथा कुपोषण एंव भोकमरी अन्त्यको युवा अभियान्ता वोनिता शर्माले सो कुरामा जोड दिएका हुन् ।


रसुवा नौकुन्ड गाउपालीका उपाध्यक्ष सिर्जना लामाले समाजले सधै दोस्रो दर्जामा महिलाहरुलाई हेर्ने गरे पनि अबसर पाए समाजमा काम गरेर पहिलो श्रेणीमा स्थापित हुन सक्ने बताउनु भयो । उहांले भन्नु भयो “आफु उमेरका हिसावले स्थानिय तहमा सबै भन्दा सानो भए पनि जनताले दिएको जिम्मेवारी कुशलताका साथ पुरा गरिरहेकाले काम गर्न लिङ्ग र उमेरले छेक्दैन ।समाजमा सके सम्म महिला र युवालाई काम गर्ने अबसर नदिदा वेरोजगारी संख्या बढ्दै गएकोले महिला शसक्तीकरण र युवा स्वरोजगारका लागि कृषि र पर्यटनमा बजेट छुट्याएकोले त्यसको उपभोग गर्न पालीकाका सबैलाई आग्रह गर्नु भयो ।अहिले युवाहरुलाई राजनीतिमा बितृष्णा भएपनि यसको सहि सदुपयोग गर्न सके कानुन तथा बिकास निमाण प्रक्रियामा सहभागि भई भोलिको पुस्तालाई सहज वाताबरण बनाउन सकिने कुरा उल्लेख गर्नु भयो ।स्थानिय तहले गरेको काममा सरोकारवाला निकाय र स्वयम नागरिक समेत चनाखो भई कार्यक्रममा सहभागि बन्नुका साथै पालीकाले ल्याएका योजनामा सहयोग गर्न समेत आग्रह गर्नु भयो ।”समानता ,एकता र सर्वशुलभताका लागि अभिभाबक नै गम्भिर बन्नु पर्ने उहांको भनाई छ ।


त्यस्त,ै सामुदायिक रेडियो कपिलबस्तु कि स्टेसन म्यानेजर सोना खटिकले सदियौं बर्ष देखि विभेद र अपमान सहदै आएका मधेशी दलित महिलाहरुले अबसर पाए काम गर्न सक्ने भन्दै त्यसको ज्वलन्त उदाहरण आफै भएको बताउनु भयो । उहांले भन्नु भयो “शुरुवाती चरणमा मधेशमा हुने बालबिवाह,हलि जस्ता कुसंस्कार बिरुद्ध बोल्दा निकै समस्या भयो । परिवारमा बेरोजगारी,गरिबी र अशिक्षाका कारण वाल्यकालमा निकै संर्घष गर्नु परेपनि परिश्रमको फल मिठो हुन्छ भने झै सुचना र सञ्चारको माध्यमबाट समस्या, चुनौतिलाई चिर्दै मधेशी समुदायमा हुने बालबिवाह,दाईजो लगाएतका कुसंस्कार बिरुद्ध आम बालबालिका र युवालाई संगठित गर्न र आम अभिभाबकको सोचमा परिवर्तन ल्याउन सफल भएको तर्क छ ।महिला तथा युवाहरु बैदेशिक रोजगारमा जाने गरेको तर गन्तव्य देशमा शुरक्षाको प्रत्याभुति गर्न नसकेका कारण नेपालमै काम गर्न आग्रह गर्नु भयो ।” कुनै पनि काम ठुलो सानो नसोची आत्मबिश्वासका साथ नेपालमै काम गरि अरुलाई पनि रोजगार दिन सकिने भन्दै जागिरमात्र होईन पेशा,व्यबसाय र उत्पादन क्षेत्रमा काम गर्न युवाहरु लाग्नु पर्ने भन्दै त्यसका लागि स्थानिय सरकारले लगानी तथा सिप बिकासका लागि बजेट छुट्याउनु पर्ने उहांको तर्क छ ।


कार्यक्रममा सोचाई संस्था काठ्माण्डौं की प्रमुख कार्यकारी अधिकृत तथा कुपोषण एंवम भोकमरी अन्त्यको युवा अभियान्ता बोनिता शर्माले समाज परिवर्तनका लागि आफु परिवर्तन हुनु पर्ने कुरामा जोड दिनु भयो ।जब सम्म आफुमा सकरात्मक परिवर्तन हुदैन तब सम्म घरबाट बाहिरको संसार बुझन नसकिने उहांको भनाई छ ।बालबालिकाको बृद्धि र बिकासमा पोषणको महत्वपुर्ण भुमिका रहेका कारण परिवारले यि कुरामा बिशेष ध्यान दिन आग्रह समेत गर्नु भयो ।प्रजजन स्वास्थयमा खेलवाड नर्गन समेत आम नागरिकलाई अपिल गर्नुभयो । उहांले भन्नु भयो “आत्मबिश्वासका साथ अगाडि बढ्यौ भने काम सरलताका पुर्वक गर्न सकिन्छ ।महिलाहरुले आफुले पाएको जिम्बेवारी समयमै पुरा गर्ने हुदां काम गर्ने अबसरको खांचो रहेको तर्क छ ।त्यस्तै अब पुस्ता हस्तान्तरण गरि हरेक कामको जिम्बेवारी युवालाई दिने हो भने युवा स्वरोजगार पनि हुने र समाज परिवर्तनको लागि धेरै समय कुर्नु नपर्ने उहांको भनाई छ ।”सरकारले महिला तथा युवाको क्षेत्रमा लगानी गरि सहकार्य गर्न आग्रह समेत गर्नु भयो

प्रतिकृया दिनुहोस्